शेरबहादुर सार्की/बाजुरा
असाढ ११ गते २०७८
बाजुराका गाउँहरूमा सञ्चालन भएका यातायात सेवा वर्षा सुरु भएसँगै ठप्प भएको छध्र बाजुराको नौ वटै स्थानिय तहका गाउँहरूसम्म सार्वजनिक यातायातका साधनहरू हिउँद भर सञ्चालन भएका थिए अहिले वर्षाले बाटो बिग्रेपछि सबै रुटका सार्वजनिक सवाका साधनहरू बन्द भएको खप्तड छेडेदह गाउँपालिका ५ का स्थानीय नरी रावतले बताउन भयो । बूढीगंगा नगरपालिकाको डाब बजार देखि जयबाग्यश्वरी, काँडा र रिठा, बेताल्माण्डौ बजार हुँदै खप्तड छेडेदहको पुडाबाब्ला, लिसाना , हुँदै डोगडी ,बाम्का बजार हुँदै त्रिवेणीको छतारा कैलाशमाण्डौ तोली र बल्दे बजार , हुँदै मार्तडी बजार हुँदै गौमुलको घटमुना सम्म जोडिएको गाउँ बस, जिप र भ्यानहरू सञ्चालन हुँदै आएका थिएध्र वर्षाले खोलामा पानीको बहाव बढाएपछि सबै सवारी साधन रोकिएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताउनु भयो । अहिले बूढीगंगा नगरपालिकाको वडा नं १० को डाब बजार हुँदै वडा नं २ को बल्दे बजार सम्म केही सवारी साधन जसोतसो चलिरहेका छन ।
हिउँदमा बाजुराका गाउँ गाउँमा राम्रो सम्म चल्दै आएका सवारी साधन चल्ने अ‚थायी मोटर वाटोे अहिले अवरुद्ध हुने गरेको छ । भारी वर्षादका कारण बाटो अवरुद्ध बन्दै गएपछि अहिले गाउँमा बिरामी भएपछि स्थानीयले डोकोमा बोकेर अस्पतालमा लान बाध्य भएका छन् । बडिमालिका ४ रिलाका स्थानीय रनभान कार्कीले भन्नुभयो, घरमा बुवा बिरामीले थला पर्दै गपछि उपचारका लागि पीठ्यूमा बोकेर अस्पतालमा लाँदै हो । उहाँले भन्नुभयो, “राजमार्ग देखि गाउँमा सडक पहिरोले उथलपुथल भएपछि खाद्यानको मात्र समस्या नभइ घरमा बिरामी हुँदा उपचार गर्न स्वास्थ्य सस्थामा लान पनि निकै समस्या छ ।” ग्रामीण भेगहरूमा ‚थानीय तह, प्रदेश र संघहरु लागतको सहभागितामा निर्माण भएका कतिपय सडकहरूबाट अटो समेत सञ्चालनमा आएका थिए । क्याप्सन : बाटो अवरुद्ध भएर सवारी साधन नचलेपछि स्थानीयले पीठ्यूमा बिरामी बोकेर अस्पताल लाँदै ।