युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
219 पटक पढिएको

बाजुरा,२३ जेठ- शुक्रबार दिउँसो करिव ३ बजेर ३० मिनेटमा ग्यासको सिलिण्डरबाट आगलागी भएकाको क्षतीको विवरण संकलन गरी प्रदेश र संघ सरकारलाई राहत माग गर्ने निर्णय गरिएको छ ।
बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागि भएर ३० पसलहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।
ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयहरुको टिनले छाएका पसलहरु जलेर नष्ट भएपछि जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या सहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसंग राहत माग गर्ने बताएका छन् ।
आगलागिबाट पिडित भएका उनीहरुको क्षतिपुर्तिका लागि प्रहरीलाई तथ्यांक संकलन गरी जिल्ला विपद व्यवस्थापन समितिबाट प्रदेश र संघ सरकारलाई आवश्यक राहत माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।
घटनास्थलको अध्ययनपछि सोही पालिकामा जनप्रतिनिधी राजनितिक दल सहित सरोकारवालाहरुको आकस्मिक बैठक बसेर क्षतिको विवरण संकलन गर्ने र सो क्षतिपुर्तिका लागि राहतको विपद प्राधिकरण,प्रदेश र स्थानीय तहसंगै संघसंस्थाहरुलाई आग्रह गर्ने निर्णय भएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको आकस्मिक बैठकमा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ,बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का,पुर्व प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा लगायत बैठकमा सहभागी थिए ।
बैठकले आगलागिबाट पिडित भएकालाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने पनि निर्णय गरेको छ ।
विपदमा विभिन्न संघसंस्थाहरुले आफु अनुकुल राहत वितरण गर्ने गरेकोले सो राहत नगरपालिका मार्फत एकद्धार प्रणालीमा वितरण गर्ने निणय गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।
आगलागिबाट वास्तविक पिडितले राहत नपाउने र राहत अर्काे व्यक्ति पाउने सम्भावना विगतमा पनि भएकाले सो कार्य रोक्न पालिका मार्फत राहत वितरण गरिने बताए ।
जिल्लामा हुने आगलागिका घटना नियन्त्रण गर्नका लागि स्थानीय तहहरुमा दमकलको भने अभाव रहेको छ ।
यहाँका ९ वटै पालिकाहरुले गाडीहरु खरिद गरेका भएपनि विपद पर्दा अत्यावश्यक दमकल नहुँदा समस्या हुने गरेको छ ।
शुक्रबार दिउँसो ३ बजेर ३० मिनेटबाट आगलागि सुरु भएको हो । आगो बेलुकी ६ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीयहरुको सक्रियतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हवारीले बताए ।
आगलागिको क्षतिको विवरण शनिबार विहानबाट संकलन गरिने प्रहरी नायव उपरिक्षक हवारीले भने । आगलागिबाट करोडौको क्षती भएको प्रहरीको अनुमान रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!