बाजुरा,२५ जेठ- गएको शुक्रबार दिउँसो ग्यासको सिलिण्डर पड्किएर बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भएको आगलागिका पिडितलाई राहत उपलव्ध गराउन लागि प्रदेश र संघ सरकारलाई माग गरिएको छ ।
शनिबार बसेको त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाको संयुक्त बैठकले सरकारलाई राहत तत्काल उपलव्ध गराउन माग गर्ने निर्णय गरिएको छ ।
यस्तै अग्नीबाट पिडित भएकाहरुलाई राहत तथा पुनस्थापना लागि एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने गरी समिति गठन गरिएको छ ।
शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्नीबाट पिडित भएका व्यापारीहरुलाई राहत तथा पुनस्थापनाका लागि एकद्धार प्रणाली मार्फत वितरण तथा पुनस्थापनाको काय गर्नका लागि बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष हेमराज जैशीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बानियाँको संयोजकत्वमा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा,बुढीगंगा नगरपालिका उप प्रमुख माया खड्का(कँुवर),त्रिवेणी नगरपालिका उप प्रमुख कमला जैशी(न्यौपाने) सहितको समिति बनाएको बताए ।
दुबै नगरपालिकाको संयुक्त बैठकले अग्नीबाट पिडितहरुलाई उचित राहत र पुनस्थापनाका लागि स्थानीय तह,संघ,प्रदेश र संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरिएको छ ।
यस्तै बैठकले संघ र प्रदेश सरकारलाई अग्नी पिडितलाई राहत उपलव्ध गराउन माग गर्ने पनि निर्णय गरेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।
आगलागीबाट मानवीय क्षती नभएपनि चल अचल सम्पत्तीको ठुलो नोक्सानी भएकाले सरकारसंग पुनस्थापना र राहत उपलव्ध गराउन माग गर्ने बताए ।
शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रुपमा क्षती भएका छन् । भने सात पसल आंशिक रुपमा क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीबाट बजार नै ध्वस्त भएको छ । आगलागीले करिव १५ करोड बढीको क्षती भएको अनुमान गरिएको छ । प्रहरीले क्षतीकाmे विवरण संकलन गरिरहेको छ । प्रहरीले संकलन गरेको विवरण अनुसार क्षतिको तथ्यांक एकिन हुने भएको छ ।
बजारमा दिउँसो ३ बजेर ३० मिनेटमा आगो लागेको भएपनि बेलुकी ६ः३० बजेटपछि नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी,रेडक्रस,स्थानीयहरुको सक्रियतामा नियन्त्रण भएको थियो ।












