
बाजुरा,२५ जेठ – जिल्लाको बुढीगंगा नगरपालिका–६ बाम्कामा गएको शुक्रबार दिउँसो खाना पकाउने ग्यास सिलिण्डर पड्किदा आगलागी भएर जलेर नष्ट भएपछि पिडितलाई राहतका लागि सहयोग जुट्न थालेको छ ।
काठमाण्डौं घर भई हाल अमेरिकाका बस्दै आएका ज्योतिष मनिस कुइकेलले तोली माविका शिक्षक टेकराज गिरी मार्फत आर्थिक सहयोग गरेका छन् ।
विभिन्न संचार माध्यम र सामाजिक संजालबाट बाम्का बजार आगलागी भएर ध्वस्त भएपछि पिडितलाइ राहत स्वरुप तीस हजार ६ रुपैया ५४ पैसा सहयोग गरेका छन् ।
शुक्रबार दिउसो नवदुर्गा होटलमा राखिएको खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी भएपनि बाम्काका ३१ पसल पूर्ण रुपमा क्षती भएका छन् ।
आगलागीबाट प्रहरी र बुढीगंगा र त्रिवेणी नगरपालिकाले १९ करोड बढी क्षती भएको विवरण सार्वजनिक गरेको भएपनि अझै क्षतीको एकिन हुन सकेको छैन ।
आगलागीबाट पिडित भएकालाई त्रिवेणी र बुढीगंगा नगरपालिकाको संयुक्त बैठक बसेर एकछद्धार प्रणाली मार्फत राहत वितरण गर्न समिति गठन गरिसकेको छ ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा एकद्धार प्रणालीमा राहत वितरण गर्न राहत कोष व्यवस्थापन समिति गठन गरिएको हो ।
आगलागीबाट पिडित भएकाहरुलाई राहत दिन उक्त कोषमा जम्मा गर्न समितिले आग्रह गरेको छ ।
