युनिकोड    राशिफल    एफएम रेडियाे                        
224 पटक पढिएको

बाजुरा,२७ जेठ- बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीबाट पिडितलाई आर्थिक संकलन गरी हस्तान्त्रण गरिएको छ ।
सोमबार बाम्का बजारका व्यापारीहरुले बुढीगंगा नगरपालिकाको बल्देदेखि डाव बजारसम्मका व्यापारीहरुबाट राहत संकलन गरेको नौ लाख तीन हजार दुई सय ८० रुपैया अग्नी पिडितलाई हस्तान्तरण गरेको पुस्कर शाहले बताएका छन् ।
उनका अनुसार बाम्का बजारका व्यवसायी टेक बहादुर बुढाको संयोजकत्वमा आर्थिक संकलन गर्न जुटेको टोलीले उक्त रकम संकलन गरी आगलागी भएको घटनास्थलमा नै जनप्रतिनिधी र स्थानीयहरुको सहभागितामा रकम हस्तान्तरण गरेको बताए ।
आर्थिक संकलन टोलस्ले बल्देदेखि डाव बजारसम्मका एक सय ६२ जना सहयोगीले सहयोग गरेको उक्त रकम पिडितलाई बुझाएको शाहको भनाई रहेको छ ।
आगलागीबाट पूर्ण रुपमा क्षति भएका १३ जनालाई ६२ हजार पाँच सय ६० रुपैया र आंशिक क्षति भएका ९ जनालाई १० हजारका दरले रकम हस्तान्तरण गरिएको शाहले भने । आगलागीबाट पीडित व्यवसायीहरुलाई तत्काल राहत, पुनःस्थापना गरी पुरानै अवस्थामा ल्याउने प्रयासका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको समेत बताए ।
व्यवसायीबाट संकलित रकम बुढीगंगाका नगर प्रमुख राम बहादुर बानियाँ, त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा,उप प्रमुख कमला कुमारी जैशी(न्यौपाने) बुढीगंगा र त्रिवेणी नगरपालिकाका वडा अध्यक्ष लगायतले पीडितलाई रकम हस्तान्तरण गरेका हुन् ।
शुक्रबार दिउँसो ३ बजेर ३० मिनेटमा बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हुँदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको छ ।
त्यस्तै उक्त आगलागीबाट १९ करोड बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!