युनिकोड    राशिफल    एफएम रेडियाे                        
207 पटक पढिएको

बाजुरा,२८जेठ- धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको प्रस्तावित बडीमालिका संरक्षण क्षेत्र सम्बन्धी स्थानीय समुदाय र सरोकारवाला निकायसंग छलफल गरिएको छ ।
बुधबार प्रकृति संरक्षण कोष नेपालको आयोजना र बडीमालिका नगरपालिकाको समन्वयमा बडीमालिका र अछामको रामारोशन वन क्षेत्र संरक्षणका लागि आवश्यक पहल र स्थानीय समुदायको भूमिकाको विषयमा छलफल गरिएको हो ।
पर्यटकीय सम्भावना बोकेको बडीमालिका र रामारोशनलाई संरक्षण गर्न तीनै तहका सरकारको प्रयास,नितीगत निर्णय र यसको फाइदाका विषयमा छलफल गरिएको प्रकृति संरक्षण प्रमुख लक्ष्मी जोशीले बताएका छन् ।
बडीमालिका क्षेत्रको भोगाधिकार र वनमा भएका अतिक्रमणहरुको अवस्था र यसलाई पर्यटकीय क्षेत्रका रुपमा लैजाने गरी प्रस्तावित रुपमा छलफल गरिएको बताए ।
छलफलमा बडीमालिका क्षेत्रमा सम्भाव्यता विना नै लगाइएका संरचना र यसको नक्सांकन र सिमांकन गर्न आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।
दुई प्रदेशको बीचमा रहेको बडीमालिका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सिमाकंन गर्न आवश्यक रहेको सहभागीहरुले जाने दिएका छन् ।
बडीमालिका मात्र नभई रानीसैन,खप्तड,बुढीनन्दा,छेडेदह लगायतका क्षेत्रलाई पनि प्रस्तावित रुपमा वन संरक्षणमा लैजानुपर्ने नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेमबहादुर रौलेले सुझाव दिएका छन् ।
धार्मिक तथा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेका क्षेत्रलाई संरक्षित क्षेत्र बनाउनका लागि संस्थाले पहल गर्न सचिव रौलेले आग्रह गरेका छन् ।
प्राकृतिक रुपमा दोहन हुँदै आएको क्षेत्रहरु रोक्न र यसको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बडीमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवाल, नेपाली काँग्रेसका गोपाल कार्की,नेकपा एमालेका हिक्मत थापा अतिथीका रुपमा रहेका थिए ।
बडीमालिका नगरपालिकाका वडाअध्यक्ष,नगर क्षेत्रमा रहेका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए ।
प्रकृति संरक्षण कोष नेपालका प्रमुख लक्ष्मी जोशीले सहजीकरण तथा स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन कार्यक्रम एसोसियट हरिप्रिया शाहीले गरेकी थिइन् । कार्यक्रममा ७० बढी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!