बाजुरा,३ असार- जिल्ला समन्वय समिति बाजुराको आयोजना र युएनएफपिएको आर्थिक तथा प्राविधिक सहयोगमा र लैङ्गिकतामा आधारित हिंसा समन्वय संयन्त्र र एकद्धार संकट व्यवस्थापन सल्लाहकार समितिको बैठक मंगलबार बसेको छ ।
जिल्लामा संचालनमा रहेको महिला सुरक्षित आवास गृह(सेफ हाउस) र जिल्ला अस्पताल बाजुरामा संचालन हुदैं आएको एकद्धार संकट व्यवस्थापनले एक वर्षमा गरेको सेव प्रवाह र सेवा दिँदा आएका समस्या र आगामी रणनीतिका विषयमा छलफल गरिएको छ ।
एकद्धार संकट व्यवस्थापन केन्द्र बाजुराले अस्पतालमा आएका विभिन्न जवरजस्तीकरण,हिंसामा परेका महिलाहरुलाई उपचार लगायतका सेवा दिदै आएको र सेवा प्रवाह प्रभावकारी बनाउन चुनौती भएकाले यसका लागि सरोकारवाला स्थानीय तहलाई समेत सहयोगका लागि आग्रह गरिएको छ ।
सेफ हाउसमा आएका बहु–विवाह,जबरजस्तीकरण,घरेलु हिंसा, लिङ्गका आधारमा गरिने विभेदका घटना आउन थालेपछि उनीहरुलाई व्यवस्थापनमा समस्या आएपछि स्थानीय तहलाई सहयोगका लागि समेत आग्रह गरिएको छ ।
जिल्लाका ९ वटै पालिकाले दिने सहयोग हालसम्म कुनै पालिकाले पनि पुरा रकम नदिएकाले तत्काल उक्त रकम सहयोग गर्ने बैठकले आग्रह गरेको छ ।
आज भएको जिल्ला स्तरिय सल्लाहकार समितिको बैठकले एकद्धार संकट व्यवस्थापन केन्द्र र सुरक्षित महिला आवास गृह(सेफ हाउस) को आर्थिक तथा कार्य सम्पादन को प्रगति समीक्षा पारित गर्ने निर्णय गरिएको छ ।
यस्तै महिला सुरक्षित आवास गृह (सेफ हाउस) का लागि आर्थिक वर्ष २०८२ २०८३ का लागि आर्थिक व्यवस्थापनका लागि स्थानीय तह र संघसंस्था सहयोगका लागि आग्रह गर्ने,एकद्धार संकट व्यवस्थापन केन्द्रमा कर्मचारी व्यवस्थापन,पालिकाको स्रोत मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यसंग सम्बन्धित क्रियाकलाप संचालन तथा प्रेषण पद्धती प्रभावकारी बनाउने र महिला सुरक्षित आवास गृह(सेफ हाउस) नयाँ भवनमा स्थानान्तरण गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बैठकपछि महिला सुरक्षित आवास गृह जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया र उप प्रमुख लाछु सार्कीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा आठ पालिकाका नगरका प्रमुख उप प्रमुख,गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष पत्रकार सहित सहभागी थिए ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा बसेको बैठकमा समन्वय उप प्रमुख,नगरपालिकाका नगर प्रमुख,उप प्रमुख, गाउँपालिकाका अध्यक्ष,प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका उपाध्यक्ष, सरोकारवाला सहभागी थिए ।
कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले गरेका थिए ।












