
रुगमका तीन मुक्तक
जुन दिन बा,को पाखुराको तागत सकियो ।
ला, छोरो पैसा मोज गर भन्ने आदत सकियो।।
बि.ए.ड पास गरेको दाइ बेरोजगार छ घरमा।
त्यसैले घरको आम्दानी अनि लागत सकियो।।
म बसेको कान्छिको त्यो मन बदलीयो हो।
म उस्कै हो भन्ने उस्को बचपन बदलीयो हो।।
माटो जति कहाँ सस्तो हुन्छ र यार सिन्दुर।।
माटो लाउने सिउदो त्यो जीवन बदलीयो हो।।
ऊन फलाउने बाजुराले नुन पाउदैन।
बिहान बेलुका छाक टार्न लसुन पाउदैन।
मन्त्री पाउछ नेता पाउछ सबै पाउँदा पनि।
अन्धकारलाई हटाइदिने जुन पाउदैन ।।