युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन तिव्र | जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदिबन्दी |
136 पटक पढिएको

काठमान्डौं : नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आइतबार दिउँसो २ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको बताए । पार्टीको सिस्टममा इन्ट्री भएका ८ लाख बढी क्रियाशीलको नाम सार्वजनिक गरेको थियो । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ । अन्य जिल्लाबाट पनि केहीको संख्यामा उजुरी आएको छ ।
क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै गरेका छैनन् भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरिएको छैन । बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन । बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन ।

छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको छ । त्यो समय आज सकिएको छ । तर सबै ठाउँबाट क्रियाशील सदस्यता इन्ट्री हुन सकेको छैन ।

क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न पदाधिकारी तहमा छलफल गर्न लागिएको बुझिएको छ ।

क्रियाशील सदस्यता काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६ १९ गतेका लागि निर्धारण गरेको महाधिवेशन पनि सम्पन्न गर्न सकिन्छ सकिँदैन भन्नेमा काँग्रेसभित्र चिन्ता छ ।

त्यसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नवप्रवेशीका नाममा क्रियाशील सदस्यतामा संस्थापन पक्षले मनपरी गरिरहेको आरोप लगाएको छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!