युनिकोड    राशिफल    एफएम रेडियाे                        
191 पटक पढिएको

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि तल्ला तहका पार्टी संरचनामा महिला नेताहरू खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेको छ।
आरक्षणमा मात्रै नेताहरू सीमित हुन नहुनेमा कांग्रेस महिला विभागको जोड छ। खुला पदमा उम्मेदवारी दिन विभागले आग्रह नै गरेको छ।

महाधिवेशनबारे महिला विभाग र नेपाल महिला संघ केन्द्रीय कार्यसमितिबीच भएको संयुक्त छलफलमा आरक्षणमार्फत् केही पद सुनिश्चित भए पनि नेतृत्वका लागि पर्याप्त नहुने भएकोले खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेको छ।
‘महिलालाई आरक्षणको व्यवस्था गरे पनि त्यो पर्याप्त होइन। प्रमुख पदहरूमा महिलाहरू खुला प्रतिस्पर्धामा उत्रनुपर्छ,’ महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले भनिन्।

कांग्रेसको विधानअनुसार केन्द्र र प्रदेश कार्यसमितिमा सहमहामन्त्री महिला हुनुपर्ने व्यवस्था छ। जिल्ला तथा पार्टीका अन्य संरचनाका कार्यसमितिमा यस्तो आरक्षण दिइएको छैन।

पार्टीमा काम गरेका महिलालाई सक्रिय सदस्यता दिइएको छ कि छैन भन्नेबारे महिला संघले अनुगमन गर्ने तयारी गरेको छ।

‘पार्टीमा लामो समयदेखि काम गरिरहेका साथीहरूले क्रियाशील सदस्यता पाए कि पाएनन् भन्ने हामी अनुगमन गरछौं,’ महिला संघकी अध्यक्ष उमा रेग्मीले भनिन्, ‘कूल क्रियाशील संख्याको ३३ प्रतिशत महिला पुगेरनपुगेको हामी हेर्छौं।’

छलफलका सहभागीले महाधिवेशन अगाडि नै केन्द्रदेखि तल्ला तहसम्म थप सिट सुनिश्चित गर्न दवाव दिनुपर्ने धारणा राखेका थिए। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!