काठमाडौँ — प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवातीको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदकर र सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । रिट निवेदकको समय ससकेको प्रधान न्यायधिस चोलेन्द्र शमसेर ज.व.राले १२ घण्टा समय दिएका दिएका थिए । उक्त समय सकिएकोले रिट निवेदन यथावत जारी रहेको छ ।
विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने धानन्यायाधीश जबराले इजलासमा जानकारी दिए । त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रतिउत्तर बहस गर्नेछ ।