युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
110 पटक पढिएको

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताएका छन्।

विश्वकर्माले मन्त्री श्रेष्ठले शक्तिको प्रयोग गरेर कानुनी प्रक्रियालाई प्रभाव पारेकोसमेत बताए।
जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न बुधबार शिक्षा मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो। विश्वकर्माले मन्त्री श्रेष्ठले गरेको काम क्षम्य विषयसमेत नरहेको बताए।
जे भयो, त्यो गलत भयो ज्यादै बेठिक भयो, गलत भयो त्यो क्षम्य हुनसक्ने विषय होइन। संविधान र कानुनको कार्यान्वयन गर्ने सरकारले हो। अब संविधान, कानुनले के भन्छ, त्यो अनुसन्धानको विषय हो, उनले भने,त्यसमा भन्नुपर्ने केही कुरै रहेन। तर जिम्मेवारीमा रहेको मन्त्रीले संविधान, कानुनलाई प्रभावित पार्न खोजेको प्रष्टै देखियो।
सरकारको जिम्मेवार मन्त्रीका हिसाबले मन्त्री श्रेष्ठले त्यस्तो गरेको भनेर सुरूमा आफूलाई पत्यारै नलागेको उनले बताए। मन्त्रीको गतिविधि हेर्दा, पढ्दा र सुन्दा आफूलाई दु:ख लागेको भन्दै उनले यस सम्बन्धमा मन्त्रीले सार्वजनिक रूपमा नबोलेकोमा आश्चर्य प्रकट गरे।
यो घटना स्वीकार गर्न सकिने खालको भएन। क्षम्य हुनसक्ने खालको विषय भएन। यस सम्बन्धमा मन्त्री आफैंले बोल्नुहोला, के हो भनेर, विश्वकर्माले भने,सरकारका तर्फबाट पनि के हो भन्ने कुरा आउला। मेरो कुरा के हो भने यो ज्यादै गलत भयो, बेठिक भयो। यो क्षम्य हुनसक्ने विषय होइन।
यो घटनामा बिलम्ब नगरी मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने उनले बताए। उनले मन्त्री श्रेष्ठ आत्मालोचित बन्नुपर्ने समेत बताए।
यसलाई सामान्य घटनाका रूपमा लिन हुँदैन। काम गर्ने क्रममा एउटा जिम्मेवार मन्त्री कहाँ जाने, कहाँ नजाने, के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने भनेर स्वंय पदले तय गरेको छ। यसको गम्भीरता र संवेदनशिलतालई बुझ्नपर्छ, उनले थपे,यस सम्बन्धमा कुनैपनि हिसाबले अनुसन्धानलाई प्रतिकूल हुने, प्रभाव पार्ने खालको काम राज्यको संयन्त्रले गर्न मिल्दैन। मानवता विरुद्धको यस्ता गतिविधि भइरहेका र विषयहरू उठिरहेका सन्दर्भमा अविलम्ब बोल्नुपर्छ। सरकारको यस सन्दर्भमा धारणा आउला भन्ने अपेक्षा गरेको छु।

जानरअन्जान कहिँकतै भावनामा बगेर त्रुटि हुने चिजहरूलाई समयमै सच्याउनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!