
बाजुरा : जिल्लाको पुर्बी उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार पहिरोले बिस्थापित भएका छन् । गत हप्ता आएको अविरल वर्षाका कारण ९४ परिवार पहिरोले बिस्थापित भएको हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले जानकारी दिए ।
यस अघि पनि हिमाली गाउँपालिका वडा नं ४ रुगिन र वडा नं ६ बोल्ढीकका स्थानिय परिवारहरु पहिरोबाट विस्थापित भएका थिए भने पहिरोले पुर्ण रुपले विस्थापित भएका परिवारलाई गाउँपालिकाले राहात वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
क्युडीमा विस्थापित भएका परिवारलाई गाउँपालिकाले अनुगमन गरेको रोजगार संयोजक पाण्डेले बताए । गत हप्ता आएको अविरल वर्षाका कारण पहिरोपछि ९४ परिवार बिस्थापित भएको गाउँपालिकाले जनाएको छ ।
बिस्थापित परिवारलाई गाउँपालिकाले आवश्यकता अनुसार राहात वितरण गर्ने पनि संयोजक पाण्डेले बताएका छन् ।