सन्जिता धामी/बझाङ्ग:– वल्ड भिजन इन्टरनेश्नल नेपालको सहकार्यमा प्रगतिशिल युवा समाज चैनपुरले खाद्यान्न सामाग्री वितरण गरेको छ । आइतबार केदारस्युँ गाउँपालिकाको वडा नं. ३ भाडिकोटमा कोभिड १९ बाट प्रभावित विपन्न, गरिब, दलित वर्ग गरेर ७५ घर परिवारलाई दाल, चामल, नुन, चिनी र साबुन लगाएका खाद्यान्न सामग्री वितरण गरेको हो । एक घर परिवारलाई तीन हजार दुई सय चौरासी रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरेको प्रगतिशील युवा समाजका फिल्ड अधिकृत दिनेश खड्काले बताए ।
उनले, पछाडि पारिएको समुदायमा विद्वमान सामाजिक विकृति, कुसंस्कार, बौद्विकता हटाउन विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, महिला, बालवालिका, अपांग, दलित र जनजातिको हक अधिकार तथा खाद्य अधिकार सुनिश्चित गर्न पैरवी गर्ने, सामाजिक तथा शैक्षिक सशक्तीकरणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, लक्ष्यित समुदायको आर्थिक अवस्था अभिवृद्धि गर्ने, स्थानीय स्रोत पहिचान तथा प्रयोग गर्न विभिन्न रोजगार मुलक तथा सीप मुलुक कार्यक्रम सञ्चालन गर्ने संस्थाको उदेश्य रहेको बताए ।
कोरोना महामारीको यस्तो अवस्थामा राहत पाउँदा धेरै खुसी भएको आफुहरुलाई केही दिन भए पनि खान पुग्ने केदारस्युँ गाउँपालिका वडा नं.३ का संग्रम विकले बताएका छन् , त्यस्तै अहिले कसैले नहेरेको बेला घरमै आएर यसरी प्रगतिशील युवा समाजले खाद्यान्न सामग्री वितरण गर्दा धेरै सहयोग भएको सोहि ठाउँका ललिता बिष्टले बताएका छन् ।
संस्थाले गत वर्ष पनि केदारस्युँ गाउँपालिकाको वडा नं. ३,६,७ र ८ मा रहेका कोभिड १९ बाट प्रभावित महिला, विपन्न, गरिब, दलित वर्ग गरेर तीन सय घर परिवारलाई शिक्षा, स्वास्थ्य, खाद्य र कृषि सम्बन्धि विभिन्न सामाग्री पनि वितरण गरेको थियोे ।
यो वर्ष पनि केदारस्युँ गाउँ पालिकाको सोहि ठाउँमा बालबालिकालाई शैक्षिक, स्वास्थ्य सामाग्री वितरण, कृषकहरुलाई विभिन्न किसिमका व्यवसाय मुलुक तालिम सञ्चालन, टनेल, हातेट्याक्टर समेत वितरण गरिसकेको र बालबालिकाको लागि पढाइ सिबिर हाल सञ्चालनमा रेहेको अधिकृत खड्काले जानकारी दिए ।
अब, लगत्तै वडा नं.३,६,७ र ८ मा रहेका तीन हजार बालबालिकाका लागि सो अध्ययन सामाग्री वितरण गरिदैछ ।