काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६४८ पीसीआर परीक्षणमा १ हजार ५०९ जनामा कोरोना पुष्टि भएको हो।
यसैगरी, ४ हजार ९९२ एन्टिजेन परीक्षणमा ९३५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसी आर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ ।