कर्ण धामी/बझाँङ: जिल्लाको केदास्यूँ गाउपालिका उपाध्यक्ष निसा धामी गर्ववती महिलालाई उपाध्यक्ष कोशेली बाड्दै गाउँघरमा पुगिरहेकि छन ।
पछिल्लो समय कोरोना भाइरसका कारण बिश्वत्रशित भैरहेको बेला स्वास्थ सुरक्षाका मापदण्ड अपनाइ , सामाजिक दुरीकायम गर्दै पालिकाका विभिन्न वडामा गएर उपाध्यक्ष कोसेली बितरण गरिरहेका छन ।
पालिकाको आर्थिक सहयोगमा प्रत्येक वडामा रहेका गर्भवती महिला , एकल महिला , दलित , तथा पिछडिएका महिलालाई स्वास्थ सामाग्री सहित , प्रत्यकलाई झोला , साबुन , स्वाउ , अाँप, कोल्केट , ब्रस लगाएतका सामाग्री बितरण गरेको हो ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायक समिती संयोजक निशा धामिका अनुसार अहिले पालिकाको बिन्भिन्न ठाउँमा गर्भवती महिलाहरुलाई झोला , साबुन , स्वास्थ सामाग्री , स्याउ , आँप , कोल्केट ब्रस लागाएतका सामाग्री बितरण गरेको बताउदै केही ठाउँमा बाकी छन भने आफुलाई सम्पर्क गर्ने समेत आग्रह गरेका छन ! बाकी रहेको गर्भवती महिला लाई सम्बन्धित ठाउँमा गएर यी सामाग्री बितरण गर्ने उनले बताए ।
उनका अनुसार सोमबार पालिकाको वडा न २ का करिब ३ दर्जन त्यस्तै पालिकाकै वडा न ३ का करिब ४ दर्ज गर्भवती महिलालाई उक्त सामाग्री बितरण गरेको हो । कति पएको घरमा पनि पुगे र कतिलाई सम्भब नभएको ठाउमा टोलटोलका बोलाएर बितरण गरेको उनले बताईन ।
यता केदारस्यूँ गाउँपालिका वडा न २ कि जुनु देबि ओखेडा भन्नुहुन्छ – गाउँपालिकाका उपाध्यक्षले यो राम्रो काम गरि रहनु भएको छ , हामी धेरै खुसी छौ , म आफै गर्भवती महिला हो मेरो पेटमा बच्चा छ यो अवस्थामा उपाध्यक्ष ज्यु ले हाम्रो लागि घरमै आएर स्वाउ दिनु भएको छ , आँप दिनु भएको छ ,यो कोरोनाको महामारीमा स्वास्थ सुरक्षाका सामाग्री दिनु भएको छ , हामी गरिब परिवारको लागि यी सामाग्री मेरो परिवारले किन्न सक्ने भन्दा बढिनै भएको भन्दै खुशिको एक क्षण बताए ।
त्यस्तै यता पालिकाकै वडा न ३ भाडीकोटका एक गर्भवती महिला भन्छन – हेर्नू सर हमि गरिबका लागि देवता आए जन भया , नेताईमौलाई हमिले भोट दियौ जितेर गएर नेता फर्की हेर्दाईन उपाध्यक्ष ज्यु घरमा आया तसोई पनि निको मान्या तसाई मथी एक झोला पाया , फलफुल बोकि आन्याका तिपन दियो , माकस भन्दाछन्की क्या भन्दाछन तिपन आन्याका तिपन दियो , निकै अरि सिकाई गया सुत्केरी स्वाईनिखी लागि निको गुणो अरि गैइन मुईले निको मान्या उनले बताईन ।
यस्तै सोमबार सहायक महिला , बिकास निरीक्षक रुद्रा उपाध्यायका अनुसार एक विविध कार्यक्रमका साथ गर्भवती महिलालाई विभिन्न सामाग्री बितरण गरेको बताईन ।
गर्भवती महिलाको लागि सुझब सल्लाह दिनु , स्वास्थको बारेमा जानकारी दिनु तथा स्वास्थ सम्बन्धि सचेतना फैलाउनु गर्वको कुरा हो । त्यसैले सबै ब्यक्ति , परिवार , समाज र जनसमुदायका अग्रज सिक्षित ब्यक्तिले जाने बुझेका सुझाव सल्लाह दिनु उत्तम हुन्छ ।