
राजेन्द्र बहादुर रोकाया, बाजुरा– जिल्लामा ७० प्रतिसत रोपाई सम्पन्न भएको छ । कृर्षि ज्ञान केन्द्र बाजुराका अनुसार मंगलबारसम्म जिल्लामा ७० प्रतिसत रोपाई सम्पन्न भएको छ । जिल्लाका ९ वटै पालिका गरी जिल्ला भरी ७० प्रतिसत रोपाई सम्पन्न भएको कुर्ष ज्ञान केन्द्र बाजुराका नि. कार्यालय प्रमुख गोबिन्द सिजापतिले बताउनुभयो ।
जिल्लामा कृषकहरुले अघिल्ला वर्षहरुमा असार १५ गते भित्र जिल्लाका अधिकाँस खेतियोग्य जमिनमा धान रोपेर सक्ने गरेका थिए । तर यस वर्ष पनी केहि ढिलो गरी रोपाई भए पनी जिल्लका अधिकांस ठाउँमा रापाई अन्तिम चरणमा पुगेको प्रमुख सिजापतिले बताएका छन् ।
असार मसान्तलाई मानो रोपेर मुरी उव्जाउने महिनाका रुपमा लिएर जिल्लाको मार्तडी, जुगाडा, रजाली, आटिचौर, ब्रह्मतोला, बाह्रविस, तोली, कैलाशमाण्डौ, कोल्टी पाण्डुसैन लगायतका खेतियोग्य जमिनमा धान रोप्ने गरेका छन् । कृषकहरुले करिब ५० प्रतिशत स्थानीय जातको धान खेती गर्ने गरेका छन् भने ५० प्रतिशत उन्नत जातको धान खेती गर्ने गरेका छन् ।