
धनगढी– मंगलबार सेती प्रादेशिक अस्पतालमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालमा ९३ जनाको नमुना परीक्षण गर्दा थप २८ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने थप ६ जना नयाँ संक्रमित भर्ना भएका छन् ।
हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। जसमध्ये ४ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।