बाजुरा: नेपाली कांग्रेस बाजुराका बरिष्ठ नेता रामसिंह रावलले आफूलाई १४ औँ महाधिवेशनबाट सबैले पार्टी सभापतिमा स्वीकार गरेपछि सबैलाई सम्मान हुन काम गर्ने बताउनु भएको छ । उनले अपमान गर्ने कार्य कसैको पनि नगरी सबैको सम्मान हुने काम गर्ने बताए ।
रेडियो बाजुराको साझा सरोकारमा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । बलियो र सबै अट्ने कांग्रेस निमार्ण गर्ने आफ्नो सपना रहेको बताउनु भएको छ । आफूभन्दा अग्रज व्यक्तित्व आदरणीय नेतालगायत समग्र सबैलाई अपमान होइन् सम्मान र भलो हुने काम गर्ने बताए । अहिलेसम्म पनि सबैको सम्मान र भलो हुने काम गर्दै आएको र अझैपनि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सझा सरोकारमा कुरा गर्दै उहाँ भन्नु भयो, “पार्टी भित्र पार्टीको नेतृत्व लिईसकेपछि सबैको अभिभाकत्वको रुपमा हामीले काम गर्ने हो, अरुले के गर्यो भन्दापनि आफूले आफ्नो कमप्रति बफादार रुपमा लाग्नु पर्छ, सबैको सम्मान भित्रपनि पार्टीलाई स्वास्थ दुरुस्त ढङ्गले चलाउन्छु, पार्टी विधि विधानमा चलाउन्छु र साथीभाइको पनि सम्मान गर्छु, नेताहरुको पनि अधार सत्कार गर्छु,पार्टी सभापति दियो भने ।” सभापति नदिएपनि कसैका अनार्दन गर्ने पक्षमा नभएको नेता रावलले बताए ।
यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता तथा त्रिवेणी नगरपालिकाका नगरप्रमुख समेत रहेका रावलले आफूलाई कसै–कसैले पार्टी भित्र पेल्ने मान्छे हुन भनेर अफभाह फैलाएको भन्दै आफूले यस्तो काम नगरेको बताएका छन् । उनले भने सबै भन्दा कमल हृदय भएको मान्छे हु म १ नियम कानून विधानलाई मान्ने मान्छे हु १ आजका मिति भन्दासम्म हेर्नुहोला त्या परिधि नाघेको छैन् ।
समाज र पार्टीको अनुसासित कार्यकर्ता हु १ आजसम्म मेरो नैतिकताको पनि त अधार गर्नुहोसन् । जहाँ जसरी म उभ्भिएको छु त्यहाँको मुल्याङ्कन गर्नुहोस् मैले चरित्र हिन हुने काम गरेको छैन् । एउटा असल सिपाईले यो मेरो पक्ष यो अर्कोको पक्ष भन्दैन् । उनले अहिलेसम्म दिएको जिम्मेवारी इमान्दारीका साथ निभाएको बताए ।