
राम बहादुर दानी/बाजुरा: सदरमुकाम मार्तडीमा केपी ओलि सरकारका विरुद्ध मसाल जुल निकालेर प्रधानमन्त्रि केपि शर्माओलीको पुत्ला दहन गरेका छन ।
जिल्लाको सदरमुकाम मातर्डी बजारको खुला मञ्चबाट लोक्तान्त्रिक चोक सम्म संयुक्त आन्दोलनरत संगठनका मातृसंगनहरुले नारा जुलुस सहित प्रधान मन्त्रिको पुत्ला दहन गरेको नेविसंघ उपाध्यक्ष जनक बहादुर थापाले जानकारि दिनु भएको छ । आन्दोलनरत दलहरुले ओली सरकारकाको नेतित्वमा भएका भ्रष्टचार, मुल्य वृद्धि,कालो बजारि ,पेटोलीयम पर्दाथको मुल्य वृद्धि,अनियमितताको विरुद्ध मसाल जुलस निकालेर विरोध प्रदर्शन गरेको बताएको छ ।
कारोना महामारिका बेला तथा लकडाउनको अवधिमा सम्पुण विद्यार्थिलाई शुल्क मिनाह गर भ्रष्टचारी सरकार मुर्दाबाद, ओली सरकार राजिनामा दे लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रधानमनत्री केपी शर्मा ओली सरकारको असंबैधानिक कदमको सँगै कोरोना महामारिका बेला जन्तालाई खोपको व्यवस्था नगरेको भन्दै मार्तडी बजार नारा जुलुस गरेर परिक्रमा गरेका थिए ।
यो कोरोना भाइरस तथा कोभिड १९को बेला अहिलेको ओलि सरकारले जन्ताको चिन्ता नभई कुर्सी बचाउनमा व्यस्त भएका कारण आन्दोलन गर्नु परेको भरत बुढाले बताउनु भयो । आन्दोलनमा नेपाली काँग्रेसका भातृसंगठन , मादव नेपाल पक्षका नेता तथा कार्यक्रता ,माओवादी केन्द्र लगाएतको पनि सहभागिता रहेको थियो ।