
चक्र बहादुर अयडी:- त्रिवेणी नगरपालिकामा एक दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरको आयोजनामा भ्रष्टाचार उन्मुलन सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय देशमा विभिन्न कारणले गर्दा भ्रष्टाचार हुने भएकोले त्यसलाई न्युनिकरण कसरि गर्न सकिन्छ भन्ने विषयमा विहिवार छलफल भएको छ । सो कार्यक्रममा नगरपालिकालाई कसरि भ्रष्टाचार मुक्त नगरपालिका बनाउन सकिन्छ, भ्रष्टाचार कसरि हुन्छ , भ्रष्टाचार कहाँ कहाँ हुन्छ , अनि मानिसहरु भ्रष्टाचार किन गर्छन र कति बेला गर्छन र यिनिहरुलाई हामिले समाज बाट कसरि उल्मुलन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
सो कार्यक्रमको सहजिकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरका अधिकृत चन्द्र कान्त बस्नेतले गर्नु भएको थियो । कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरका अधिकृत चन्द्र कान्त बस्नेतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा त्रिवेणी नगरपालिकाका प्रत्येक विद्यालयका प्रधानाध्यापक , जनप्रतिनिधि , कर्मचारी गरी करिव ५० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम संचालन गरिएको त्रिवेणी नगरपालिका सुचना अधिकृत नरेश राज पन्तले जानकारि दिनु भएको छ । कार्यक्रमको संचालन अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरका कप्युटर अपरेटर दिनेश बहादुर खड्काले गर्नु भएको थियो भने कार्यक्रममा ईन्जिनियर सुलभ न्यौपाने को पनि सहभागिता रहेको थियो ।