
चक्र बहादुर अएडी-: बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा त्रिवेणी नगर स्काउटको आयोजनामा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले विद्यार्थिहरुमा परेको प्रभाव र असरका बारेमा एक दिने जनचेतनामुलक कार्यक्रम त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा रहेको रत्न माध्यामिक विद्यालयमा विहिवार सम्पन्न भएको त्रिवेणी नगर स्काउट संयोजक चन्द्र बहादुर अएडीले बताए । कार्यक्रममा कोरोना बाट कसरि बच्ने र सामाजमा नबुझेका व्यक्तिहरुलाई कसरि बचाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । संयोजक अएडीका अनुसार सो कार्यक्रम नेपाल स्काउटको सुदुरश्चिमको आर्थिक सहयोगमा संचालन गरिएको हो । सो कार्यक्रममा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु जस्तै मास्क ,साबन लगाएतका सामाग्रीहरु पनि वितरण गरिएको संयोजक अएडीले बताए । पछिल्लो समय त्रिवेणी नगर स्काउटले विभिन्न सामाजिक सेवाका काम गर्दै आएको छ ।