जय बहादुर रावत / बाजुरा : सेभ द चिल्ड्रेनद्वारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाद्धारा बाजुराको बुढीगंगाका र त्रिवेणी नगरपालिकाका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री र विद्यालयलाई शैक्षिक समाग्री हस्तान्तरण गरेको छ । बाजुराको बुढीगंगाका नगरपालिका भित्रका भगवती मावि र तोली माविलाई १–१ थान कम्प्युटर सेट, कम्प्युटर टेबुल, प्रोजेक्टर, सेतो बोर्ड, फोटोकपी पेपर, मल्टीपलक र कुर्सी सहयोग गरेको सेभ द चिल्डे«न बाजुराका कार्यक्रम संयोजक प्रेम पुनले बताएका छन ।
त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै साथै सोही परियोजनाले त्रिवेणी नगरपालिकाको सम्पुर्ण स्वास्थ्य चौकी तथा बुढीगंगा नगरपालिकाका सम्पुर्ण स्वास्थ्य चौकीलाई सेनिटाइजर, पिपिई सेट, थर्मल गन, ग्लोबस्, आइआर थर्मामिटर, साबुन र प्रति नगरपालिकाकालाई २/२ सय एन्टीजेन किट कार्यक्रम संयोजक प्रेम पुनले नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
यसरी बुलगारी परियाेजना र सेभ द चिल्डेन द्धारा यस अगाडी देखी नै सहयाेग गदै आएकाे छ र साे नगरपालिकाको स्वास्थ्य तथा शैक्षिक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा तथा शैक्षिक सामाग्री सहयोग गरेकाे बताइएकाे छ । यसरी सहयाेगी बुलगारी परियाेजना र सेभ द चिल्ड्रेनलाई नगरपालिकाले विशेष धन्यवाद व्यक्त गरेका छन् ।
काेराेना भाइरस काेभिड १९ काे नियन्त्रणका लागी आगामी दिनमा पनि सहयाेगकाे अपेक्षा राखेकाे र यस परियाेजना र सेभ द चिल्डेनले शिक्षा , स्वास्थ्य लगायतका विषयमा बिशेष भुमिका खेल्ने भएकाे हुँदा अझै सहयाेगकाे अपेक्षा राखेकाे नगरपालिकाले जनाएकाे छ ।