
चिरञ्जिवी खड्का बाजुराः जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा जनमुखी कार्यक्रम ल्याउन १६ बुँदे माग सहित नेपाली काँग्रेस स्वामिकार्तिक गाँउकार्य समितिले ज्ञापनपत्र बुझाएको छ । गाँउपालिकाले २०७४ सालको निर्वाचनपछि हरेक क्रियाकलाप एकलौटी गर्दै आएको आगामी आर्थिक वर्ष०७८र०७९ को निति तथा कार्यक्रम पनि एकलौटी विनियोजन गर्न खोज्दा गाउँसभा नै स्थगित भएको भन्दै गाउँसभाबाट सबैलाई समेटिने जनमुखी कार्यक्रम ल्याउन माग गर्दै नेपाली काँग्रेस स्वामिकार्तिक गाँउकार्य समितिले ज्ञापनपत्र बुझाएको गाँउकार्य समितिले जानकारी दिएको छ ।
नेपाली काँग्रेस स्वामिकार्तिक गाँउकार्य समितिले बुझाएको ज्ञापनपत्र अनुसार स्वामिकार्तिक खापर गाउँपालिकाले यस अघि गाउँपालिकामा राजनितिक आस्थाका आधारमा बजेट बिनियोजन, कर्मचारी भर्ना,राहात वितरण, प्रधानमन्त्री रोजगार प्रदान एकलौटी रुपमा गर्ने गरिएको र आगामी आर्थिक बर्षका निति तथा कार्यक्रम पनि सोही अनुसार ल्याउन खोज्दा गाउँसभा स्थगित भएको उल्लेख गरिएको छ ।
नेपाली काँग्रेस स्वामिकार्तिक गाँउकार्य समितिले आगी आर्थिक वर्षको निति तथा कार्यक्रम पारित गर्दै बजेट विनियोजन गर्ने गाउँसभामा आफुहरुका माग सम्बोधन नभए चुप लागेर नबस्ने कुरा बताउँदै गाउँपालिकाको कागज बेचेर व्यक्ती बन्ने कुरा कदापी सह्य नहुने कुरा पनि ज्ञापन पत्र मार्फत् नै जनाकारी गराएको गाउँकार्य समितिले जनाएको छ ।