काठमाडौं: सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार यसअघि लक्षित उमेर समूहलाई लगाइएको खोपको दोस्रो मात्रा लगाउन लागिएको हो। सरकारले अन्य खोप खरिदका लागिसमेत पहल गरिरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।
नेपाल सरकारबाट चीनको बेइजिङस्थित साइनोफर्म कम्पनीसँग खोप खरिदको लागि असार २४ गतेबाट खोप आपूर्ति सुरु गर्नेगरी तयारी भइरहेको छ । अन्नपुर्ण पाेष्ट