युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
236 पटक पढिएको

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कृषि कर्जाका लागि विनियोजन गरेको ३ करोड रकम फ्रिज जाने देखिएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैँक, सुदूरपश्चिमले किसानलाई एक प्रतिशत ब्याजमा कृषि कर्जा दिने सम्झौता गरेको ६ महिनासम्म कसैलाई पनि कर्जा नदिएपछि बजेट फ्रिज जाने देखिएको हो।

प्रदेशको कृषि मन्त्रालयको कार्यविधि र बैँकसँग गरिएको सम्झौता फरक भएपछि कर्जा प्रवाहमा समस्या भएको दाबी गरिएको छ। तर कार्यविधी संसोधन भएपछि पनि बैँकले कर्जा दिन वेवास्ता गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७र०७८ मा कृषि कर्जाका लागि ३ करोड रकम विनियोजना गरिएको छ।

कृषि विकास निर्देशनालयलाई एक करोड ८० लाख र पशु सेवा निर्देशनालयलाई एक करोड २० लाखको अख्तियारी किसानलाई कृषि कर्जा गउलब्ध गराउन दिइएको छ। ३ करोडको कार्यक्रम सञ्चालन गर्न २०७७ को पुस २४ गते मन्त्रालय र कृषि विकास बैँक सुदूरपश्चिमबीच सम्झौता भएको छ।

तर सम्झौताको ६ महिना बढी हुँदा पनि एक जना किसानलाई समेत कर्जा नदिएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर हेमराज अवस्थीले बताए। उनले भने, “यो वर्ष धेरै कार्यान्वयन हुन सकेन्। आगमी आर्थिक वर्षका लागि कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रहरुलाई कार्यक्रम पठाएका छौ। बजेट प्रयाप्त छ। खर्च पनि हुन्छ।”

कैलालीमा मात्र एक सय बढी किसानले कृषि कर्जाका लागि निवेदन दिएका छन्। सोही हाराहारीमा कञ्चनपुरबाट समेत निवेदन परेका छन्। तर कृषि विकास बैँक र कृषि मन्त्रालय बिच भएको सम्झौता र कार्यविधिमा नै त्रृटि भएको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए।

उनले भने, “बैँकले २५ प्रतिशत पेस्की मागेको थियो। तर कार्यविधिमा थिएन्। संसोधन गर्न भने। संसोधन भएपछि रकम हालेका थियौ। किसानलाई कर्जा दिएको छैन्। मैले फोन पनि गरेको थिए। निषेधाज्ञाका कारण काम गर्न सकिएन भन्दै थिए। खुलेको छ केहिलाई दिन्छन होला।”

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि संसोधन गरेको छ। कार्यविधि संसोधन भएपछि कृषि विकास निर्देशनालयले ४५ लाख र पशु सेवा निर्देशनालयले ३० लाख रकम कृषि विकास बैँकलाई पेस्की दिएका छन्। पशु सेवा निर्देशनालयले चैत २९ गते र कृषि विकास निर्देशनालयले वैशाख ९ गते बैँकलाई पेस्की दिएका हुन्। तर कृषि विकास बैँकले एक जना किसानलाई समेत कर्जा दिएको छैन।

पशु सेवा निर्देशनालयका प्रमुख मदन धामीले एक हजार किसानका निवेदन आएको बताए। तर बैँकले रकम नदिएको उनले बताए। उनले भने, “लकडाउन पहिले नै एक सय बढी आएका थिए। कैलाली–कञ्चनपुरमा हजार पुगे होलान्। पहाडी जिल्लामा कम छन्। तर उहाँहरुले कर्जा दिनु भएको छैन।”

एक किसानले बढीमा ५० लाखसम्म कृषि कर्जा लिन सक्ने छन्। किसानले १ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने हुन्छ। बाँकी बैंकको ब्याज प्रदेश सरकारले तिर्ने छ। किसानले बैँकमा धितो राख्नुपर्ने व्यवस्था छ। तर कृषि कर्जा दिनका लागि बैंकहरुले आनाकानी गरेका छन्। यता कृषि विकास बैँक सुदूरपश्चिमका निर्देशक राजेन्द्रराना भाटले कोरोना भाइरसको संक्रमणको त्रासले गरिएको निषेधाज्ञाका कारण कर्जा दिन नसकिएको उनले बताए।

उनले भने, “सम्झौता अनुसार कार्यान्वयनको प्रक्रियामा गएका थियौ। प्रक्रियामा गएका थियौ, लकडाउन भयो। कार्यालय खोल्न सकिने अवस्था थिएन। बाहिर जान सक्ने अवस्था पनि थिएन। यो थाती रह्यो। अहिले लकडाउन केहि खुलेको छ। मालपोत कार्यालय पनि खुलको छ। साथीहरु कार्यान्वयनका लागि लागि रहनु भएको छ।”

कृषि विकास बैँकले निषेधाज्ञाका कारण किसानलाई कर्जा दिन नसकिएको जनाएको छ। चालू आर्थिक वर्षका २ हप्तासमेत बाँकी नभएकाले रकम खर्च नहुने देखिएको छ। तर प्रदेशसरकारले आगामी आर्थिक वर्षका लागि समेत बजेट विनियोजन गरेको छ।

दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!