चितवन/असाढ १९ गते–अविरल वर्षासँगै नारायणघाट–मुग्लिन सडकखण्डका चारकिलो र पाँचकिलो, केराबारी र घोर्ले लगायतका क्षेत्रमा पहिरो खसेपछि यातायातमा समस्या भएको छ । अन्य ठाउँको पहिरो हटाए पनि चारकिलो र घोर्लेको पहिरो भने अझै हटाउन सकिएको छैन ।
भयानक पहिरोले दुई दिन देखि दु:ख दिएको छ भने घोर्लेमा सनिबार साँझ फेरि पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध बनेपछि भरतपुरदेखि मुग्लिनसम्म सवारीको लस्कर छ । दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगा सडकमा खसेपछि एक्स्काभेटरको सहयोगले फुटालेर हटाउने प्रयास भैरहेको छ ।