
१. ललिपप जस्तै भो
ए भ्रष्ट नेताहरू होौ
हाम्रो देशको संविधान ।
२.भ्रष्टाचारीको जालो
ठगहरूको संजाल
टिलिक्क सिसाको महल ।
३.दुर्गति भो देशको
उभोगति भो नेताको
ट्याल्ल हामी नेपालीहरू ।
४.घाम अनि बादल
फेरीदो छ मौसम यो
हुन्छ आगमन ॠतुको ।
५.भाषण आदर्शका
शून्य छन् व्यबहारमा
पछ्याए सिद्धान्त माओका ।
६.सम्झिन्छु बारम्बार
खै अमर इतिहास
फर्कौ हे पृथ्वीनारायण ।
७.गोली नै ठोक्नुपर्छ
अत्याचार रोक्नुपर्छ
विकासे भारी बोक्नुपर्छ ।
©-गुलाब कान्छो,बाजुरा