
अशाेक कुमार शाही/कालिकाेट:-
कालिकाेट जिल्ला काेभिड अस्पतालामा अग्रपंतिमा रहेर संक्रमितहरुकाे उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु आफै सरसफाइमा खटियका छन । डाक्टर वर्सुदिन अन्सारी काे नेतृत्वमा अस्पताल हाता भित्र वातावरण प्रदुषण नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरु हरेक साता सनिवारकाे दिन अस्पताल परिसरमा सरसफाइ आफैले गर्दै आएका छन, तर आज भने फर्क तरिकाले सरसफाइ गरेका छन।
कालिकोट जिल्लामा काेराेना भाईरस तिव्ररुपमा फैलिदै गए पछि चार मन्जिलाका दुईवटा भवनहरु काेभिड विशेष अस्पतालकाे रुपमा संचालनमा रहेका छन,।
बिरामिहरु राखिएका वार्डहरु दिन पर्तिदिन सरसफाइ त हुन्छन तर शनिवारकाे दिन भने सम्पुर्ण अस्पताल परिसर नै सरसफाइ गर्ने गरेका छन।
सरसफाइमा अस्पतालका स्टाफ नर्स, अनमी, अहेब हेअ ल्याबटेक्निसियन रेडियोलजिस्ट सहित सम्पूर्ण स्वास्थ्यकर्मी लगायत कार्यलय सहयाेगिहरुकाे सहकार्यमा अस्पताल परिसर सरसफाइ गरेका हुन ,।