
मानबहादुर ऐडी/बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावलले वडामा रहेका विद्यालयको शैक्षिक सुधार र बालबालिकाको पढाईलाई गुणस्तरीय बनाउनका लागि आफु लागि परेको बताएका छन् ।
आइतबार वडाका बालमन्दिर आधारभुत विद्यालय र जनप्रकाश आधारभुत विद्यालयमा अध्ययन गर्दै आएका टुहुरा बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष रावलले विद्यालयलाई शैक्षिक सुधार र गुणस्तरिय बनाउनका लागि वडा लागि रहेको बताए ।
वडाका बालबालिकाहरुको भविष्उ निर्माण र उनीहरुले आत्मनिर्भर बनाउन शैक्षिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने गरेको वडाध्यक्ष रावलको भनाई रहेको छ ।
वडामा रहेका विपन्न,टुहुरा,अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री लगायतको सहयोग वडाले गर्दै आएको वडाध्यक्ष रावल बताउँछन् ।
वडाको शैक्षिक स्तरोन्नती गर्नका लागि शैक्षिक अभियान कार्यक्रम ल्याएको वडाध्यक्ष रावलले भने । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । शैक्षिक सत्रको सुरुवातमा नै वडाले विपन्न र टुहुरा बालबालिकालाई सहयोग गरेको हो ।
बालमन्दिर आधारभुत विद्यालयका १२ जना र जनप्रकाश आधारभुत विद्यालयका २१ जना गरी ३३ जनालाई शैक्षिक सामग्री सहयोग गरिएको वडासचिव सरिता ठगुन्नाले मालिका टुडेलाई जानकारी दिएकी छन् ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा वडासदस्य नरबहादुर ऐडी, वडासचिव सरिता ठगुन्ना,विव्यस अध्यक्ष, प्रधानाध्यापक र पत्रकार सहभागी थिए ।