
राम बहादुर दानी:– नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समिति रोहिणी साखाका सचिव हेमराज जोशी र सदस्य गौरी जोशीका पिता केशब जोशीको मृत्यु प्रति नेपाली काँग्रेस बाजुराले सोमबार समवेदना प्रकट गरेको छ ।
त्यस्तै नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सचिव पदम बहादुर बडुवालका बुवा ब.न.पा. ६ कोर्ध निवासी तुला बहादुर रोकायाको पनि असामयिक भएको निधन प्रति नेपाली काँग्रेस बाजुराले गहिरो समवेदना प्रकट गरेको छ ।
मृतक जोशी र बडुवालले नेपाली काँग्रेसलाई ठुलो क्षति पुर्याएको समवेदनामा भनिएको छ । नेपाली काँग्रेस बाजुराका कार्यालय सचिव टेक बहादुर रोकायाद्वारा हस्ताक्षरित समवेदनामा मृतक बडुवालले नेपाली काँग्रेस बाजुराको नगर स्तरमा पुर्याएको अतुलनिय योगदान सदाका लागी अपुरणिय रहेको भनिएको छ । बुढीगंगा नगरपालिका वडा नं. १० निवासी बाजुरा दिल्ली सम्पर्क रोहिणी साखाका सचिव हेमराज जोशीका बुवा केशवराज जोशीको निधनले पनि बुढीगंगामा एक सक्षम, जुझारु, कर्मठ कार्यकर्ता गुवाएको प्रति नेपाली काँग्रेस बाजुराले गहिरो समवेदना अर्पण गरेको छ ।
दुबै जनाको निधनले नेपाली काँग्रेस बाजुरारलाई ठुलो क्षति पुर्याएको समवेदना पत्रमा भनिएको छ ।