
राम बहादुर दानी/बाजुरा:– बाजुरा जिल्लाले जन्माएका बिभिन्न बिधामा आफ्नो अमुल्य सृजनाहरु दर्शक/श्रोता माझ ल्याँउने कलाकारहरु जन्माउदै आएको छ । यसैको उदाहरणिय बन्न पुगेका छन गौमुल गाँउपालिकाका गायक रामचन्द्रू बोहरा र बुढीगंगा नगरपालिकाकी साहित्यकार रिता शाही (रितु) ।
गायक रामचन्दै बोहरा र साहित्यकार रिता शाही (रितु) को कर्णप्रिय आवाजमा रहेको मार्मिक देउडा गीत छाड्याँ रुदारुदै सोमबार बजारमा भिडियो सहित सार्वजनिक भएको छ । माया प्रेमका अन्तरबोध शब्दहरुलाई साहित्यकार साहित्यकार शाहीले शब्दमा बुनेकी हुन भने सो गीतको संगीत सृजना साहित्यकार शुदुरपश्चिमका बहु आयामिक शब्द संगीत सर्जक राजेन्द्र शाह वि.पि.ले गर्नु भएको छ ।
विभिन्न आरोह,अबरोहबीच स्वास्थ्य,साहित्य अनि संगित क्षेत्रलाई निरन्तर अगाडी बढाउन सफल शाही र बोहराले स्वराङ्कन गरेको देउडा गीत छाड्या रुदारुदै सार्वजनिक भएको हो ।
तिम्लाई खुसी अन्तै मिल्छ भने,परदेशीलाई के दशैं के तिहार,दलितलाई के कानूनी छैन र ? (जाजरकोट घटनामा आभारित) को अपारसफलतापछि चौथों सांगीतिक कोशेली छाड्या रूदारूदै सार्वजनिक भएको हो । त्यस्तै गायक रामचन्द्र बोहराले गायक राम बहादुर दानीको शब्द संगीतमा तयार पारेको लोेक पप देउडा गीत बैकिनी बाट सांगीतिक यात्रा सुरु गरेका थिए भने उहाले हाल आधा दर्जन बढी गीतहरुमाा स्वर दिइ सकेका छन् ।
संगलबार खप्तड डिजिटल बाट बजारमा सार्वजनिक भएको उक्त देउडा गितको मोडेल अभिनय र बीरेन्द शाहले गरेका छन । गितको मालाश्री स्टुडियोका प्रवन्धक बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । उक्त देउडाको छायाँकन डि. वि रौले ,कुशल निर्देशन भिम थापाको रहेको छ ।
बाजुराको भूमीमा जन्मएकी शाही पेसाले स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य, संगित, साहित्य र समाजसेवालाई निरन्तरता दिएकी शाहीले यस अघि तीता मिठा पलहरु नामक गजल संग्रह बजारमा ल्याइसकेकी छन् । त्यस्तै उनले केही दिनमा यादहरु नामक दोस्रो गजल संग्रह समेत विमोचन गर्ने तयारी रहेको जनाएकी छन् ।
भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला ।