
बाजुरा: सदरमुकाम मार्तडीबाट करिव ६० किलोमिटरको दुरीमा रहेको जिल्लाको पुवी उत्तरी क्षेत्रमा रहेको हिमााली गाँउपालिका ५ किउडीमा पहिरोले १२१ घर परिवारहरु विस्थापित भएका छन् ।
बर्षादको सुरुवात संगै सूरु भएकोे अविरल वर्षाका कारण हिमाली गाउँपालिका–५ क्युडीका १२१ घर परिवारहरु पहिरोबाट बिस्थापित भएका हिमाल गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले जानकारी दिए ।
गत हप्तामा आएको अविरल वर्षाका कारण यस अघि पनि हिमाली गाउँपालिका वडा नं ४ रुगिन र वडा नं ६ बोल्ढीकका स्थानिय परिवार पहिरोले विस्थापित भएका थिए भने हिमाली गाउँपालिका वडा नं ४ रुगिनमा पुर्ण रुपमा बिस्थापित भएका थिए । त्यस्तै पहिरोले पुर्ण रुपले विस्थापित भएका परिवारलाई गाउँपालिकाले राहात वितरण समेत गरेको गाउँपालिकाले जनाएको छ ।
क्युडीमा विस्थापित भएका परिवारलाई गाउँपालिकाले अनुगमन गरेको रोजगार संयोजक पाण्डेले बताए । अनुगमनमा गत हप्ता आएको अविरल वर्षाका कारण पहिरोपछि १२१ परिवार बिस्थापित भएको पाइएको गाउँपालिकाले जनाएको छ ।
बिस्थापित परिवारलाई गाउँपालिकाले आवश्यकता अनुसार राहात वितरण गर्ने पनि संयोजक पाण्डेले बताएका छन् ।