
चक्र ऐडी बाजुरा–खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ६ नाईनामा घरमा आगलागि भएको छ । मंगलबार बेलुका ६ बजे वडा नम्वर ६ का भाने विस्टको घरमा आगलागि भएको स्थानिय रमेश विस्टले जानकारि दिनु भएके छ । आगलागि बाट करिव २० हजार नगद र अन्न , लत्ताकपडा गरि १ लाख बरावरको क्षेति भएको बताएको छ ।
आगलागि घर नजिकैमा रहेको भैसी गोठमा धुकाउने राखिएको आगो बाट सल्केर आगो लागेको विष्टले बताउनु भयो । आगलागि बाट घर भित्रमा रहेका सम्पुण सामान जलेर नस्ट भएका छन भने मानविय क्षती भने नभएको बताएको छ । आगलागि भएका भाने विस्टको परिवारलाई खप्तड मालिका युवासंजाल बुढिगंगा द्धारा आज राहात वितरण गरिएको छ । पिडित विस्टलाई बुढिगंगा नगरापलिका खप्तड मालिका युवा संजालका संयोजक हिरेन्द्र थापाको संयोजगत्वमा १ कट्टा चामल , १० पोका नुन , १५ पोका तेल १५ किलो दाल ४ दर्जन कपि डटपेन , लुगाधुने सावुन गरि ८ हजार बरावरको राहात वितिरण गरिएको संयोजक हिरेन्द्र थापाले बताउनु भयो । संयोजक थापाका अनुसार संजालले सानो भएपनि घाउमा मलम लगाउनु पिडित परिवारलाई सहयोग गरिएको बताउनु भयो । खप्तड मालिका युवासंजाल बुढिगंगा नगरापलिकाले गरेको कामलाई उच्च मुल्याङकन गरि वडा नम्वर ६ का वडा अध्यक्ष कुम्भ नाथ योगिले धन्यवाद दिनुका साथै समाज परिवर्तनका लागि युवाहरुको खाँचो पर्ने भएकोले आफ्नो तर्फवाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको रमेश विस्टले जानकारि दिनु भएको छ ।