राम बहादुर दानी बाजुरा:– लामो समय सम्म राजनितिको पथ मर्थमा हिडेका दलित समुदायमा भरोसाका केन्द्र बिन्दु हुन महा नेपाली । नेपाली काँग्रेसको राजनितिमा बिगत २० औँ बर्षदेखी लागेका नेता नेपाली २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फबाट सभाषद हुँनु हुँन्थ्यो ।
बिभिन्न काल खण्डमा नेपाली काँग्रेसका हरेक पदमा रहेर पार्टीको उन्नति र प्रगतिका लागी योगदान गरेका नेता नेपालीको १४ औँ जिल्ला अधिवेशनमा आफ्नो उम्मेद््वारी नेपाली काँग्रेस जिल्ला कार्य समितिको सभापतिमा रहेको दाबी गरेका छन् ।
शुदुरपश्चिमको प्रेशको दुर्गम पहााडी बाजुरा जिल्लाको समग्ररुपमा दलितहरुको प्रतिनिधित्व गर्दै संविधान निर्माणको जिम्मेवाारी पाएका थिए । नेता नेपालीलाई दलित समुदायको अधिकार पाई नयाँ संविधान निर्माणमा उनको ठुलो भुमिका रहेको छ । दलितहरुको मुद्वाहरुलाई सर्बपक्षिय रुपमा दलित समुदाायलाई माथी उठाउन नेता नेपालीको ठुलो योगदान रहेको छ ।
दुर्गम जिल्ला बाजुरामा जन्मनु भएका नेता नेपालीको नेपाली काँग्रेसको हरेक पदमाा रहेर संगठनका लागी हरेक समयमा जेल जिवन बिताएको नेता नेपाली स्मरण गर्दछन । नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिबेशनमा आफुले पाटीमा गरेको अपुरणिय योेगदानको सबै नेता तथा कार्यकर्ताले कदर गरी आफुलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको सभापति पदमा जिताउन अनुरोध गरेका छन ।