
कञ्चनपुर: कञ्चनपुर प्रहरीले ६५ हजार बढी मूल्यको भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका ११ भुजेलापुलस्थित भारतबाट भन्सार छली ल्याइएका ४८ थान सुट, २९ पिस जेन्स सर्ट, १८ पिस लेडिज सर्ट र बच्चाका विभिन्न साईजका कपडा गरी ६५ हजार २ सय बराबरको सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए ।