युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
165 पटक पढिएको

राजविराज: परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ परेका छन् ।

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष अघि भएको घटनाका फरार आरोपित सोही ठाउँका २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल पक्राउ परेका हुन् ।

जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले मण्डललाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ ।

न्यायाधीश ओझाकै इजलासले यसअघि पुस १२ गते उक्त घटनाका आरोपित सोही ठाउँका २० वर्षीय मुन्ना भनिने बेदप्रकाश मण्डललाई सात वर्ष कैद सजायको फैसला सुनाएको थियो । दोषी ठहरिएका मुन्ना ०७६ असार १ गतेदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य आरोपितहरु रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २८ वर्षीय आनन्द सरदार, सोही उमेरका ओमप्रकाश मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल र सोही उमेरका बिद्यानन्द सरदार हालसम्म पक्राउ परेका छैनन् ।

कक्षा ११ को परीक्षा दिन अन्यत्र गाउँबाट आएकी किशोरी रुपनी गाउँपालिका–६ बिरेन्द्रबजारस्थित सानीआमाको घरमा बसेकी थिइन् । पीडितका अनुसार परीक्षाका विषयमा परीक्षा केन्द्रमा केटा साथीसँग छलफल गरिरहेका बेला आएका आरोपितहरुले उनको साथीलाई कुटपिट गर्दै सामूहिक बलात्कार गरेका थिए ।

केटा साथीले सहयोगीहरु लिएर परीक्षा केन्द्र पुग्दा आरोपितहरुले स्थान परिवर्तन गरेकाले पत्ता लगाउन सकेनन् । ६ जना आरोपितहरुले बलात्कार गरेपछि पुगेका मुन्नालाई समेत उनीहरुले बलात्कार गर्न लगाए । बलात्कारका लागि प्रेरित गर्दा आरोपितहरुले ‘मुन्ना’ नाम उच्चारण गरेका थिए । सोही नाम नै घटना पत्ता लगाउन प्रहरीलाई सुराक बनेको प्रहरीले जनायो ।

पीडित र पीडितका साथी बाहिरका भएकाले आरोपितहरु कसैलाई चिन्दैन्थे र नाम पनि जान्दैन्थे । पीडित होसमा आएपछि राति ११ बजे घर पुगेकी थिइन् । घटनाबारे आफन्तलाई बताएपछि भोलिपल्टै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइयो । वयानका क्रममा पीडितले कसैलाई नचिनेको बताइन । उनले आरोपितहरुले पछिल्लो पटक एक जनालाई मुन्ना भनेर सम्बोधन गरेको बताइन् । प्रहरीका अनुसार गाउँमा सो नामका युवक पत्ता लगाएर जेठ ५ गते सोधपुछ गर्दा घटनाबारे वास्तविकता खुलेको हो ।

उनै मुन्नाले दिएको बयानका आधारमा अन्य आरोपितहरुको नाम पहिचान हुन सकेको र उजुरी दर्ता गरी कारवाही अगाडि बढाइएको हो । समूहमा नभए पनि आरोपित ६ जनाले सामूहिक बलात्कार गरेपछि अन्तमा पुगेका मुन्नाले पनि बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । सोही आधारमा मुन्नालाई बलात्कारतर्फ मात्र सात वर्ष कैद सजायको फैसला भएको अदालतले जनाएको छ । अन्य आरोपितहरुले सामुहिक बलात्कार गरेको ठहर भएका थप पाँच वर्ष कैद सजाय खापिने कानुनी व्यवस्था छ । कारागारमा थुनामा पठाइएको छोटुका हकमा समेत चाँडै फैसला हुने बताइएको छ ।
आजको अन्नपुर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!