बाजुरा:– नेपाल बिद्यार्थी संघ लगायत ५ बिद्यार्थी संगठनहरूले बिहीबार बर्तमान सरकारको अराजकताको बिषयमाा सदरमुकाम माार्तडीमा सिठ्ठी जुलुस निकाल्ने भएको छ । असाढ २२ गते बसेको ने.बि.संघ,अखिल क्रान्तिकारी बिद्यार्थी,अनेरास्ववियु (माधब समुह), अखिल छैठौं, समाजबादी बिद्यार्थी युनियन लगायतका ५ बिद्यार्थी संगठनहरुको संयुक्त बैठक बसी सिठ्ठी जुलुस निकालिने निर्णय गरेको हो ।
बिद्यार्थी संगठनका केन्द्रीय समितिहरुको निर्देशनमाा बिहिबार सिटी जुलुस निकालिने नेपाल बिद्यार्थी संघ बाजुराका जिल्ला कार्य समिति सदस्य तपेश रावलले जानकारी दिए । सदरमुकाम मार्तडीमा सिठ्ठी जुलुस गरिने सम्पूर्ण तयारी पूरा भएको नेपाल बिधार्थि सघ बाजुराका नेता तपेस रावलले बताएका छन ।
बर्तमान सरकारले गरेका असंवैधानिक कदम, संसद बिगठन, भष्टाचार, पेट्रोलियम पदार्थको मूल्य बृर्दि, कालोबजारीका बिरुद्ध सान्तिपुर्ण रुपमा सिठ्ठी जुलुस गरिने उनले बताएइए । बिगत केही दिन यता पाच वटा बिधार्थी संगठनले सरकारको बिरुद्वमा निरन्तर आन्दोलन गर्दै आई रहेका छन । सिठ्ठी जुलुस बेलुका ५ बजेबाट सुरु हुने नेपाल बिद्यार्थी संघ बाजुराका नेता रावलले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।