युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
संस्कृति संरक्षण तथा लोक भाषाकला समर्थन कार्यक्रममा पत्रकार रोकाया सम्मानित | बुढिगंगाका विभिन्न ठाउँमा माटो परिक्षण घुम्ति शिविर संञ्चालन | क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र |
210 पटक पढिएको

दयाराम पण्डित– हिमाली गाउँपालिका वडा नं एक बिच्छ्या निवासी धनपति रोकायाका दम्पतिलाई यति वेला छोरा बचाउन सकस भएको छ । छन्यकला रोकाया र धनपति रोकायाका दुुबै सन्तान अपाङ्ग (शाररिक अशक्त) भएपछि दुईटै छोराको ज्यान वचाउन सकस भएको हो ।

पहिलो सन्तान जेनेस रोकायालाई तिनवर्ष अघि टाउकोमा ढोल (ढुँगा लाग्दा गम्भीर घाईते भएका थिए । “जेनेसकी आमा छन्यकला दाउरा लिन बन जाँदा डोको माथि राखिएका जेनेसको टाउकोमा भीरबाट खसेको ढुंगो लाग्यो ।
जेनेस नाम भएको बेहोस बच्चालाई तत्काल उपचार गराउन हामीले काठमाण्डौं जोरपाटी लग्यौं । डेढ महिना सम्म आइसियुमा राखेपछि बच्चाको सामान्य होस त खुल्यो तर हिड्न र बोल्न अहिले पनि सक्दैनन् ।” उनका बुवा धनपतिले भने ।
जेनेसको उपचारमा ११ लाख रुपैंया खर्च भयो । घरको जग्गा जमिन र पाठा बाख्रा सबै बेच्यौं उपचार गरायौं । छोरो अहिले पनि नत बोल्छ न हिड्छ । तिन वर्ष भयो जेठो छोराको हालत यस्तैछ छोरा देखाउँदै धनपतिल भने ।

धनपति दम्पतिबाट दोस्रो सन्तानका रुपमा जेवीको जन्म भयो । जेवीअहिले २० महिनाका भए । उनी पनि न त उठेर बस्न सक्छन् न त सामान्य हिड्डुल गर्न सक्छन् । उनलाई आमाको काख र ओछ्यान छोड्न सक्ने अबस्था छैन ।
छोरा काखमा लिदै बालक जेबीकी आमाले भनिन् यसको टाउको ठुलो छ । खुुट्टा साना छन् । खुुट्टाले थेग्नै सक्दैन लडिहाल्छ । खुुट्टा टेक्न र पाईलो सार्न त परैजावस सामान्य बस्न पनि सक्दैन । बसाल्न खोज्यो टाउकोको भार थेग्न सक्दैन लडिहाल्छ आमा छन्यकलाले भनिन् ।


भए भरको सम्पति पहिलो सन्तानको उपचारमा सकियो । यो दोस्रो सन्तान झन जन्म कै अपाङ्ग भएर आयो । कसरी उपचार गरौं ? आफ्नो आय श्रोतले छोराहरुको उपचार गर्न सम्भब छैन । सहयोग कहिं कतैबाट जुट्दैन । दुुबै छोराको दिनकुरी बस्नुको विकल्प छैन छन्नकलाले दुु:खेसो गरिन् ।उनले भनिन् अब त सन्तान जन्माउन पनि डर लाग्यो । यस पछि पनि यस्तै सन्तान जन्मिने हो की ! “ सन्तान जन्माउने रहर कत्ति छैन उनका पति धनपतिले भने ।”


उमेरले २५ वर्षका कलिला धनपति दम्पतिलाई कलिलो उमेरमा पाएका सन्तान जोगाउन हार गुहार गरेका छन् । हिमाली गाउँपालिकाको बिच्छयाँ पुल र वडा कार्यालयको धनपति दम्पतिको सानो झुपडी छ । चिया बेचेर दिन गुजारा गर्छन् । बिछ्याँ जाने आउने सबैलाई धनपति दम्पतिको सन्तान पिरलो थाह भए पनि कठैबरा भन्दै भर्किन्छन् । उनलाई दिएको सान्तोनाले छोराहरुको स्वास्थ्य उपचारका लागि राहात पुुग्दैन । उपचार खर्च बेहोर्न ति लालावालाको लागि दैव भने अहिले सम्म भेटिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!