गजलकार मीन खड्का:- आफुले नखाई नलाई हुर्काए ,बदाए दुख गरेर पाले।
बुदेशकालमा सुख दिन सक्दिन होला म बौलाहाले।
बाबाको मिर्त्यु भएको दिन देखि हो बिर्सेको छैन।
नौलो लाउन नपाको मीठो खान नपाको आमाले।
मान्छेले फलेको रुखमा त होनि ढुङ्गा हान्ने भनेकै।
गुनासो छैन मलाई काटे पनि मेरो कुरा दुनियाले।
खुब शान देखाउन्छन ठुलो ठूलो फुर्ती लगाउन्छन।
गरिबका अगाडि दिनदुखिका अगाडि पैसावालाले।
कुकुर बिराला झै काट्टिने भनेका कार्यकर्ता नै हुन।
नेतात महलमा छन कुर्सिमा बसेका छन मज्जाले।
शोषकहरुले रझाई गर्छन गरिब निमुखा जनतामाथी
दमन शोषण अन्यायबाट मुक्ति पाएन सोझा साझाले।
साजाए दिईने भनेकै एहा निर्बलहर्लाई मात्र न हो।
अपराध गरेपनि केही नहुदो रहेछ यी ठुलाबडाले।
कित आफ्नै देशमा रोजगारी शिर्जना गर सरकार नत्र
भने सिउदो रङ्याउने अधिकार पाउनुपर्छ बिदुवाले।
प्रेमी अर्कै पत्याउन्छ उसैको साथमा उत्सव मनाउन्छ।
कस्तो प्रेम हो मर्नका लागि जहर खोज्छ प्रेमिकाले।
मेरै खुसिका लागि भनेर मेरै भबिस्यका लागि भनेर।
दिन रात खाडी मुलुकमा पसिना बगाउनु हुन्छ बाले।
म दिनभर भट्टीमा जान्छु बेलुका धोकेर घर फर्किन्छु
खै कसरी जिन्दगी चल्न सक्ला यार एस्तो पाराले।
💕💕💕 मिन बहादुर खड्का अधुरो सपना।💕💕💕
बाजुरा खप्तद छेडेदह गाउँपालिका वडा न ३ टुनिसैन