चिरञ्जिवी खड्का/बाजुरा — अबिरल बर्षाका कारण शुक्रबार बडिमालिका नगरपालिका १ पाटामा पहिरो जाँदा एक घर बगाउनुका साथै १४ घर परिवारहरु उच्च जोखीममा परेका छन ।
नगरपालिकाको १ का सुर्जे कार्कीको घर पुर्णरुपमा क्षेती पुर्याएको छ भने सोही गाँउका बुदे दानी, कृष्ण दानी, महेन्द्र दानी, रुपसिंह दानी, परे नाथ, बिरे नाथ, हर्क नाथ, नन्दु नाथ, कन्तरे नाथ लगायत १४ घर परिवार पहिरोको उच्च जोखीममा रहेको स्थानिय डबल दानीले बताएका छन् ।
निरन्तररुपमा पहिरो जाँदा खानेपानीका मुहानहरु बगाउदा खानेपानीको समेत समस्या परेकोे छ । विगत लामो समयदेखि देखी खानेपानीको समस्या झेलीरहेका सो गाँउका स्थानीयहरुले यो बर्ष मात्रै गाउमै खानेपानी पुगेर पानी पिउन पाएका थिए । खानेपानीको योजना पुरा हुदै पहिरोले पाइपलाइन बगाएपछि खानेपानीको समस्या पुरानै अबस्थामा आयको स्थानियले दुखेसो पोखेका छन । त्यसै गरि सोही गाउँ नजिकै रहेका पणेखोला र काफलतोला खोलामा रहेका ४ ओटा पानी घट्ट समेत बगाएको छ । गाउमा खेतहरू पनि सबै बग्दै गएको स्थानीयले बताएका छन ।
गाउँको तल पट्टी पहिरो बग्न थालेपछी गाउँ नै उच्च जोखीममा रहेको स्थानीय दानीले बताए । गाउँ पुरै उच्च जोखीममा भए पछि लेकतिरको छानामा बस्न थालेको बताएका छन । गाउँका घरमा रहेको सामानहरु सराउदै लेकतिर सर्न थालेको स्थानीयले बताए ।
पाटा गाउँमै पहिरो आएर बग्न थाले पछि देउता रिसाएको भन्दै स्थानीयले बोका बली दिएका छन । भुमिको अधिन आएको र भुमी शान्तीका लागि बली दिएको स्थानीय कृष्ण बहादुर दानीले बताएका छन ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो ठाउँमा पहिरो गएर क्षेती भएको कुरा जानकारी नभएको जनाएको छ । प्रहरीका अनुसार खवर नभएको र त्यस बिषयमा जानकारी लिने प्रहरी निरीक्षक धनदेब साउँदले बताए ।
