चिञ्जिवी खड्का– जिल्लाको बुढीगंगा नगरपालिका वडा न ४ मा रहेको वडा स्तरिय प्रगतिशिल बाल कलबले वडालाई बाल विवाह मुक्त वडा बनाउने तयारीका साथ अगाडी बढ्ने जनाएको छ ।
नगरपालिकाको वडा नं. ४ मा २०७७ साल जेष्ठ १६ गते गठन गरिएको बाल क्लबले क्लव गठन गरेको दिन देखि नै वडामा बढ्दै गएको बाल बिबाह न्यूनिकरणको अभियान अगाडी सारेको क्लवका सचिव सविन रावतले जानकारी दिए । वाल विवाह न्यूनिकरणको अभियान मात्र नभै वडालाई नै बाल विवाह मुक्त वडा बनाउने उद्देश्यका साथ सम्बन्धित वडा कार्यालय र नगरपालिकाको कार्यालयसंग समन्वय गर्दै आइरहेको वडा बाल कलबका सचिब रावतले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
सचिब रावतका अनुसार बाल विवाह न्यूिनकरण गर्नका लागि वडा बाल क्लबले विभिन्न समयमा बाल विवाह बिरुद्ध सडक नाटक, सड्क र्याली अभिमुखिकरण गोष्ठी जस्ता जनचेतना मुलक कार्यक्रम गर्दैै आइरहेको पाइएको छ । यस्ता कार्यक्रमका लागि आर्थिक सहयोग सम्बन्धित वडा कार्यालयले गर्ने गरेका सचिव रावतले जनाए । सचिव रावतकका अनुसार वडालाई छिट्टै बाल विवाह मुक्त वडा बनाउने भनेता पनि गर्न त्यति सहज भने छैन । वडामा बिभिन्न जनचेतना मूलक कार्यक्रम बाल क्लबले गर्दै गएपछि पछिल्लो समयमा उक्त कार्यक्रमहरुले सकारात्मक प्रभाव परेको पाइएको छ । यसरी यस्ता सकारात्मक र जनचेतना मुलक कार्यक्रमले पछिल्लो समयमा पहिलाको तुलनामा बाल विवाहको दर घट्दै गएको सचिब रवतको भनाइ रहेको छ ।
बाल विवाह न्युनिकरण कार्यक्रम, वडामा भएको जनचेतनामूलक कार्यक्रम, वडा भित्रका सबै बालबालिका हरुलाई एकै ठाउँमा जम्मा गरी २० बर्ष उमेर नपुगुन्जेल सम्म विवाह गर्ने छैनौ भनी प्रतिवद्वता समेत गराएको सचिब रावतले जनाएका छन । उक्त प्रतिवद्वता गराईसके पश्चात बिगत ८ महिना यता वडा भरी एउटा पनि बाल विवाह नभएकोले वडालाई श्रावणको पहिलो हप्ता भित्र बाल विवाह मुक्त वडा बनाउने तयारी भैरहेको रावतले बताए । सो वडालाई बाल विवाह मुक्त बनाउनका लागि बाल क्लब मात्र नभई वडा तथा नगरपालिकाका जनप्रतिनिधि ,अभिभावक बुद्धिजिव, शिक्षक, कर्मचारी, लगायत सरोकारवाला निकाय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था जि.एन.आर्ईको समेत प्रयास रहेको छ । यदि सबैको साथ सहयोग नभै दिएको भए यो अबस्थामा पुग्न त्यति सहज नहुने उनको भनाई रहेको छ ।