
रामबहादुर विक: विकासमा परिर्वतन ल्याउनका लागी युवा नेतुत्व आगाडी ल्याउनु पर्ने वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । बडिमालिका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रावलले देशमा आममुल परिर्वतन ल्याउन युवा जनसक्ती सक्षम हुने भएकाले युवा नेतृत्व आगाडी ल्याउनु पर्ने बताउनु भएको हो ।
आइतवर विहान रेडियो पौरखीको पौरखी बहस कार्यक्रममा बोल्दै वडा अध्यक्ष रावलले यस्तो बताउनु भएको होे । नेपालकै कान्छो वडा अध्यक्ष प्रकाश रावलले देश विकृती , विसंगती र भष्टाचार तिर देश मोडिरहेकाले अव युवा जनशक्ति अगाडी आउनु पर्ने बताएका हुन ।
नेपाली काग्रेस बाजुराका जिल्ला कार्यसमिती सदस्य समेत रहेका वडा अध्यक्ष रावलले देशलाई केही परिर्वतन गर्नु छ भने अधिल्लो पुस्ताले केही पछाडी धकेलिनु पर्ने बताए ।
उहाँले अव यो देशलाई विकसित गर्न र भस्टाचारीको खवदारी गर्न युवाको विषेश भुमिका रहने समेतमा जोडदिनु भयो । उहाँले यता नेपाली काग्रेसको १४ औँ अधिवेशन नजिकी रहेका वेला यसलाई पनी विषेश रुपमा नियाली रहेको बताएका छन् ।
१४ औ महाधिवेशनमा जनताको माग अनुशार आफुलाई चाह्यो भने कुनै एकपदमा उम्मेदवारी रहने वडा अध्यक्ष रावलले संकेत गर्नुभएको छ । आफु भन्दा अगाडी धेरै अग्रज नेता भएकाले आफु कुनै करकाव नगर्ने तर जनताको माग अनुशार कदापी पछाडी नहट्ने उहाँले बताउनु भयो ।
अहिले नै कुनै पदमा उड्छु भन्ने अवस्था नरहको तर जनताको माग अनुशार आउने बताउनु भएको हो । वडा अध्यक्ष प्रकाश रावलले जिल्लाको सभापतीमाका लागी कुनै गुट उपगुट नगरी पाटी प्रती निस्वार्थ भावना साथ जनताको हितमा काम गर्ने व्यक्ति आउनु पर्ने बताएका छन् ।
अलि छड्के हान्दै वडा अध्यक्ष रावलले सुदुरप्रश्चिमको सम्पतीलाई नभुल्न समेत बताएका छन् । यता आफु जनप्रतिनिधी भएको ४ बर्षको अनुभवमा सोचे जतीको काम गर्न नसकेको समेत उहाँले बताउनु भएको छ ।