
राम बहादुर विक: बडिमालिका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रकाश रावलको नेतृत्वमा पहिरोको अनुगमन गरिएको छ । बडिमालिका नगरपालिका वडा नं ८ मा रहेको घामताप्नेको माथीबाट आउन थालेको पहिरोको अनुगमन गरिएको वडा अध्यक्ष प्रकाश रावलले बताउनु भएको छ ।
केहिदिन देखी लगातार आइरहेको अविरल बर्षाले त्रिवेणी जलविघुत केन्द्र नहर नजिकै रहेको घामताप्नेमा पहिरो आउने सम्भावन बढि रहेकाले सो क्षेत्रको अनुगम गरिएको बताइएको छ ।
नहर नजिकै माथी पुरै जमिन भासिएर पहिरो आउने सम्भावना बढिभएकाले घामताप्ने निकै पहिरोको उच्च जोखिममा रहेको अनुगमनमा गएका नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताउनु भएको छ ।
सो पहिरोको अनुगमनमा वडा अध्यक्ष प्रकाश रावलले नजिकै विघुतको नहर रहेको र माथि जमिन भासिएकाले त्यहाँका स्थानियहरुले वेलैमा सुरक्षित स्थानमा जानु पर्ने बताउनु भएको छ ।
उहाँले उक्त पहिरोले माथी डाँडा र तल घामताप्ने दुवै ठाँउमा ठुलो प्रभाव पार्ने अनुमान गरिएको बताइएको छ । नहर भन्दा माथी पुरै जमिन दर्किरहेको छ । सो दर्किरहेको क्षत्रेमा थोरै पहिरो बगीरहको छ भने पुरै पहिरो आएपछी विघुतको नहर सहित घामताप्ने र डाँडामा ठुलो क्षेती हुने सम्भावना रहेको छ ।
वडा अध्यक्ष प्रकाश रावलको नेतृत्वमा गएको अनुगमनमा नेपाल पत्रकार महासंघका अध्यक्ष छक्क मल्ल , महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष निमेन्द्र शाही , सविच प्रेम विक, सदस्य लक्ष्मीराज पाध्याय, मदन विक, नेपाल प्रेस युनियनकका सदस्य बुद्ध सेजुवाल, जय रावत लगाएको सहभागिता रहेको थियो ।