युनिकोड    राशिफल    एफएम रेडियाे                        
154 पटक पढिएको

बाजुरा:– नेपाली काँग्रेस बाजुराले सर्वोच्च अदालतले सोमबार एतिहासिक फैसला गरेको भन्दै साझँ लोकतान्त्रीक चोकमा दिप प्रज्वलन समेत गरेको छ । नेपाली काँग्रेस बाजुराले सोमबार एक पत्र सार्वजनिक गर्दै सम्मानित अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गरेको जनाएको छ ।
तत्कालिन ओली सरकारले संसद बिगठन गरेको भन्दै नेपाली काँग्रेस लगायत ५ राजनितिक दलहरुले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनको उत्प्रेसण सहित परमादेशको आदेश अनुरुप जनताको पक्षमा फैसला गरेको भन्दै नेपाली काँग्रेस बाजुराले दिप प्रज्वलन गरेको हो ।


दिप प्रज्वलन सदरमुकाम मार्तडीको लोकतन्त्रित कोकमा भएको हो । दिप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापनि कविराज परिण्डत, नेपाली काँग्रेसका बरिष्ठ नेता रामसिंह रावल, महासमिति सदस्य जुना दानी, महिला संघ अध्यक्ष अमृता सिंह, ने.वि.सं. कार्यबाहक अध्यक्ष जनक थापा लगायतका भार्त तथा सुभेच्छुक संघहरुको उपस्थित रहेको थियो ।
अदालतको फैशालाको सम्मान स्वरूप जिल्ला सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रीक चोकमा दिप प्रज्वलन समेत गरेको छ । दिप प्रज्वलन कार्यक्रममा नेपाली काग्रेश सम्बन्ध जिल्लाका नेता तथा कार्यक्रताहरूको समते सहभागीता रहेको नेपाली काग्रेस बाजुराले जनाएको छ ।


दिप प्रज्वलन पश्चात लोकतान्त्रिक चोकमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले ओली सरकार अराजकता र हैकमबादी भएकोले संसद बिगठन तथा संविधानको पाना च्यात्नमा सिपालु भएकोले जनता लाटो नभएको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै सभापति पण्डितले अराजकता सरकारले देखेका सपनाहरु कानुनको दायरा भन्दा वाहिर हुन नसक्ने भएकोले अधिनायकवा, स्वइच्छाचारी शासनको अन्तय भएको बताए । सर्वोच्च अदालतले गरेको न्यायिक फैसलाको उच्च सम्मान गर्दै संविधानको रक्षा र नेपाली जनताको नैसर्गिक अधिकारका लागि अफ्ट्यारोमा पर्दा नेपाली काँग्रेस नै सारथी बनेको बताए ।

युवा सघ पाल र अनेसोभ्यु बाजुरााले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको बिरोध गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेका भन्दै युवा सघले बिरोध गरेको छ । प्रधान न्यायधिश चोलेन्द्र शमसेर जवरालाई अपाच्य गाली गलौज गर्दै सर्वोच्चको फैसललाई अमान्य भएको भनेर आरोप लगाएका छन । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको कुरा अमान्य भएको भन्दै युवा संघ नेपाल बाजुरााले मार्तडी बजार परिक्रमा गर्दै बिरोध जनाएका थिए ।


अनेरास्वभ्यु केन्द्रीय सदस्य राजेश पायलको नेतृत्वमा निकालिएकाो बिरोध जुलुसमा अनेरास्वभ्युकी केन्द्रीय सदस्य गीता राावल लगायत १५ जति युवाा संघका बिद्याथीहरु रहेका थिए ।
बिरोध र्‍याली पश्चात लाोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको कार्यक्रममा बोल्दै अनेरास्वभ्यु केन्द्रीय सदस्य राजेश पायलले प्रधान न्यायधिस चोलेनद्र समशेर जवरालाई आजको दिन न्यायालयले गरेको कालो दिन भन्दै तर्क सहित श्रद्वाञ्जलीको गाली गलौज गरेका हुन ।


जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ ९५० अनुसार कांग्रेस देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरे पछि अनेरास्वभ्युले यस्तो बिरोध गरेको हो । राष्ट्रपति बिद्या देवि भण्डारीले दोस्रो पटक जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । यसरी प्रतिनिधी सभा बिघठन गरे पछि नेपाली काँग्रेस लगायत ५ राजनितिक दलले सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो । दुइ तिहाइको बहुमतबाट निर्माण भएको ओली सरकार जनताको अगाडी नैतिक पतनको संकेत भएको जनताहरुलाई अनुभुति भएको भन्दै असाढ २८ गतेबाट ओली प्रधानमन्त्रीबाट हात पुछेर बाहिरीएका हुन ।

भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नु हाेला

https://youtu.be/r8wKtKa20rk

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!