मीन बहादुर खड्रका बाजुरा: जिल्लाको जगन्नाथ गाउँपालीका वडा न ५ गोत्री घर भएका २६ बर्षिया नाविन बहादुर शाहीको दुबै मिर्गौला फेल भएका छन।दुबै मिर्गौला फेल भएका शाही हाल उपचारत अवस्थामा काठमाडौ स्थिती वीर अस्पतालमा रेहेका छन।
मिर्गौला पीिडत शाहीको उपचार सोही अस्पतालमा सम्भब नहुने र थप उपचारका लागि श्रावण महिना भित्र भक्तपुर स्थिती मिर्गौला प्रत्यारोपण केन्द्रमा दुबै मिर्गौला फेर्नु पर्ने अस्पतालले जनाएको छ।
निजको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र दुबै मिर्गौला फेर्नका लागि आर्थिकले नधान्ने भएकोले निज शाहिले आफ्नो ज्यान बचाउनका लागि सक्दो सहयोग गरिदिन हुन भनी सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सम्बन्धित सबैलाई अनुरोध गरेका छन।
साथै उनले सहयोग गर्न चाहानुहुने सबैलाई आफ्नो सम्पर्क नम्बर ९८४९१४३४८६ मा सम्पर्क गर्न र राष्ट्रिय बारिज्य बैंक को खाता न। १०९०१०००५२२४६१० पनि दिएका छन ।