युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
100 पटक पढिएको

काठमाडौँ— सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले मंगलबारदेखि कार्यभार सम्हालेका छन् । उनको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् ।

 

प्रधानमन्त्री देउवाले पहिलो चरणमा कांग्रेसबाट २ र माओवादीबाट २ गरी ४ जनालाई मन्त्री बनाएका छन् ।
शिक्षा, सिँचाइ र रक्षापछि गृह
बालकृष्ण खाँण, गृह


खाँण चौथो पटक मन्त्री भएका हुन् । २०६६ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका उनी सिँचाइमन्त्री भए । २०७३ मा रक्षामन्त्री भए । हाल कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् । रूपन्देही तिलोत्तमा–८ का उनले स्नातक गरेका छन् । २०३३ मा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति थालेका उनी रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ मा नेविसंघको केन्द्रीय समिति सदस्यसमेत भए । २०४३ मा त्रिवि स्ववियु सभापति र २०४४ मा नेविसंघ अध्यक्ष पनि भए । २०५४ मा उनी नेपाल तरुण दलको अध्यक्ष भए । २०५६ देखि कांग्रेस केन्द्रीय समिति सदस्य भए । २०४८ मै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०६४ र २०७० मा रूपन्देही–३ बाट निर्वाचित भएका उनलाई २०७४ मा पार्टीले प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको हो ।
तीन मन्त्रालयको अनुभव
पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ


माओवादी नेतृ भुसालसँग यसअघि तीन पटक मन्त्रालय सम्हालेको अनुभव छ । २०६४ मा महिला, बालबालिका तथा समाज कल्याण, २०६५ मा सामान्य प्रशासन र २०६८ मा शान्ति तथा पुनर्निर्माणमन्त्री भइसकेकी छन् । ललितपुर–१३ की उनले स्नातकोत्तर गरेकी छन् । ललितपुर–३ बाट निर्वाचित उनी २०३७ मा नेकपा (चौम) बाट पार्टीगत राजनीतिमा प्रवेश गरेकी हुन् । २०३९ मा अनेम संघको महासचिव भइन । २०४६ मा नेकपा (एकता केन्द्र) मा क्षेत्रीय ब्युरो सदस्य, संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सचिव, महासचिव हुँदै २०५१ मा अध्यक्षसमेत भइन । नेकपा माओवादीका लागि उनी पहिलो महिला केन्द्रीय सदस्य हुन । २०६४ मा ललितपुर–३ बाट संविधानसभा सदस्य निर्वाचित उनी पछिल्लोपटक २०७४ मा पनि उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
शान्ति, ऊर्जा र गृहपछि अर्थ
जनार्दन शर्मा, अर्थ


शान्ति तथा पुनर्निर्माण, ऊर्जा, गृहमन्त्री भइसकेका शर्माले अब अर्थ मन्त्रालयको नेतृत्व गर्दै छन् । संविधानसभा सदस्य निर्वाचित भएपछि उनी २०६५ मा शान्ति तथा पुनर्निर्माणमन्त्री थिए । २०७३ मा ऊर्जा र २०७४ मा गृहमन्त्री भएका थिए । सेना समायोजन विशेष समिति सदस्य भएका मुसीकोट–५ रुकुम पश्चिमका उनी सोही जिल्लाबाट निर्वाचित हुन् । २०३४ मा पार्टी इकाइ कमिटी (चौम) बाट राजनीति सुरु गरेका शर्मा २०५६ मा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्य भए । २०५७ मा पोलिटब्युरो सदस्य जनमुक्ति सेनाको डिभिजन र २०६० मा माओवादीको स्थायी समिति सदस्य भए । २०७० मा जनवर्गीय संगठन इन्चार्ज भए । अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा सदस्यसमेत भएका उनी २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अर्थपछि कानुन, न्याय


ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिला
भोजपुरको देउराली गैरीगाउँका कार्की कांग्रेस सभापति शेरबहादुर देउवाका निकै विश्वासिला मान्छिन् । उनीसँग जलस्रोत र अर्थमन्त्रालय सम्हालेको अनुभव छ । उनी २०६३ मा गिरिजिाप्रसाद कोइराला सरकारमा जलस्रोत राज्यमन्त्री भएका थिए । कांग्रेसले आर्थिक विषय बुझेका नेतालाई मात्रै अर्थ मन्त्रालयको जिम्मेवारी दिँदै आएको परम्परा तोड्दै २०७४ मा शेरबहादुर देउवाले उनलाई अर्थमन्त्री बनाएका थिए । स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले २०२७ मा नेपाल विद्यार्थी संघमा आबद्ध भएपछि राजनीति सुरु गरेका हुन ।

उनी नेविसंघको केन्द्रीय अध्यक्षसमेत भए । २०५८ देखि कांग्रेसमा केन्द्रीय सदस्य छन् । उनी कांग्रेसको भोजपुर सभापति पनि भए । पछिल्लो पटक उनी प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!