तुलसिपुर: दाङको तुलसीपुरमा आज बिहानै एक युवामाथि खुकुरी प्रहार भएको छ । लबिहान करिब ६:०० बजे तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित जिम क्लब नजिकै तुलसीपुर–५ रानीजरुवा निवासी २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताएका छन । उनका अनुसार दङ्गीशरण गाउँपालिका–५ लौवस्ता निवासी २५ वर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहार गर्दा सुनारको बाँया खुट्टाको तिघ्रामा काटीयपछी उनलाइ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेर उपचार भइरहेको रिजालले जानकारी दिए । खुकुरी प्रहार गर्ने अभियुक्त भने फरार रहेका छन् । उनको खोजी भइरहेकोे प्रहरी नायब उपरीक्षक रिजालले बताए । यसअघी उनीहरुबीच सोमबार पनि सामान्य विवाद हुँदा हातपात समेत भएको थियो ।
पातुखोला नजिकको पुलमा हातपात हुँदा विशालको हातमा चोट लागेको थियो हातमा चोट लागेका विशालले हिजै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए