राम बहादुर दानी– नेपाली काँग्रेसको राजनितिमा योगदान पुर्याउने नाम हो धनराज पण्डित । बडिमालिका नगरपालिका वडा न ७ मा जन्मिएका पण्डित नेपाली काँग्रेसको बिद्यार्थी संगठन बाट आफ्नो राजनितिक यात्राको सुरुवात गर्दै हाल पार्टीको संगठन बिभागमा समेत उनले जिममेवारी लिइ सकेका छन ।
बि.सं. २०४८ बाट औपचारिक राजनितक यात्रा सुरु गरेका पण्डित ७ औँं जिल्ला अधिबेशनमा आफ्नो उम्मेदवारी जिल्ला कार्य समिति सभापतिमा रहेको बताउछन । ने.बि.सघं.को ईकाई सचिव, डोटी क्याम्पस ने.वि.संघ.को इकाई हुदै जिल्ला नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्वाचित सचिब समेत भै सकेका छन । नेपाली काँग्रेसको बिधान अनुसार क्रिया शिल सदस्यता लिइ सकेको १० बर्ष सम्म नियमित पार्टीमा योग दान गरेको हुन पर्दछ । नेता पण्डितको नेपाली काँग्रेसको राजनितिमा करिब ३ दशक यात्रा भै सकेको छ ।
ने.बि.सघं.को जिल्ला अध्यक्ष, प्रजातान्त्रीक काग्रेस जिल्ला सचिव, पाटी प्रबक्ता, र नेपाली काँग्रेस जिल्ला कार्य समितिमा सचिव पदमा रही काम गरि सकेका पण्डित नेपाली काँग्रेसको राजनितिमा ठुलो अनुभव भएको नेताहरु मध्ये एक हुन । हालको नेपाली काग्रेसको आवश्यकता युवाहरुलाई ब्यबसायिक बनाउन र नेपाली काँग्रेसुलाई थप मजभुत गराउन युवा पिडीको नेतृत्वको आवश्यता भएकोले आफुले जिल्ला कार्य समितिको सभापतिमा उम्मेद्वारी दिने उनी बताउछन ।
पाटी पंक्तीको उन्नति र प्रगतीमा अफुले जस्तो सुकै चुनौतिहरुलाइ पनि छिचोल्दै सबैलाई मिलाएर लैजाने अठोटका साथ आफ्नो उममेद्वारी सभापतिमा रहेको पनि पण्डित बताउछन । पाटी पंतिका लागि कुशल नेतृत्व प्रदान गर्न सक्ने नेतृत्वको आवश्यकता भएकोले पार्टी सभापतिका यसको श्रय र एक बिश्वसनिय राजनितिक पात्र आफु भएको पण्डितको भनाइ रहेको छ । नेता पण्डितको बिद्याथी राजनिति देखि जिल्ला कार्य समतिका सचिब हुदै हाल सम्मको राजनितिले कार्यकर्ता प्रतिको आफ्नो बिश्वास रहेकोले आफुले बिभिन्न कालखण्डमा पाटीको निम्ति गरेको योगदानको यतिखेर पाटी पंतिका नेता तथा कार्यकर्ताले गर्नु पर्ने भनाइ उनको रहेको छ ।
काँग्रेसको ७ औं जिल्ला अधिबेशनमा निर्बाचनमा जानुपर्ने स्थिति श्रृजना भए आफु पनि पाटी सभापतिको पदमा अगाडी बढ्ने बताउछन । जिल्ला कार्य समितिको सहमती हुन सम्भावना भए आफु महाअधिबेशन प्रतिनिधीमा जाने उनको भनाइ रहेको छ । २०४८ साल देखी पार्टीको सक्रिय कार्यकर्ताको रुपमा गर्दै आएका पण्डित एक कुशल र सम्भाब्य नेतृत्व भएको पाइएको छ ।
यसरी आफुले २०४८ साल देखि हाल सम्म नेपाली काँग्रेसका हरे भातृ तथा शुभेच्छुक पसंगठनमा लागेर पाटी पंतिको लागी ठुलो योगदान गरेको भन्दै आफुले जिल्लाको नेतृत्व लिन सक्ने अठोट राखेकाले आफुलाई नेपाली काग्रेस जिल्ला कार्य समिति सभापतिमा सबैले सहयोग गर्नु पर्ने नेता पण्डितको अनुरोध रहेको छ ।