
काठमाडौं : नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्क र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बीच बिहिबार शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार बिहान भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरेका हुन ।
अध्यक्षले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरे ।
सो अवसरमा अध्यक्षले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे। भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन्। उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन् ।